Pokharapatra National Daily

पोख्रेलीको सपना पुरा

पोख्रेली जनताको बहुप्रतिक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हजारौं जनताको उपस्थितिमा उद्घाटन भएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पाँच दशकअघिको सपना पूरा भएको छ । विमानस्थल उद्घाटन समारोहमा भाग लिन पोखरा महानगरपालिकाले कार्यालय र विद्यालय विदा दिएको थियोे । महानगरको अगुवाइमा अमरसिंह चौरमा भेला भएका पेसागत संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, कलाकार र सर्वसाधारण ब्यानर र झाँकीसहित विमानस्थल पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । २०७३ साल बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पार्टीका शिर्ष नेताहरूको उपस्थितिमा शिलान्यास गरेका थिए ।
अंग्रेजी वर्ष २०२३ को १ जनवरी अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान पनि हुने भएको छ । नयाँ विमानस्थल भौतिक पूर्वाधारले निकै राम्रो रहेको छ । विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएको छ । अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने छ । विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पु¥याउन हवाई कम्पनीले ¥याम्प बस राखेको छ । यात्रुजहाज र टर्मिनल भवन आउजाउ गर्न ¥याम्प बसको प्रयोग गर्नुपर्ने । नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्नेछ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर आन्दोलन गर्ने नागरिक संघ संस्था, राजनीति दलहरू र जनसमुदायको उपस्थितिमा शिलान्यास भएको थियोे । उद्घाटनमा पोख्रेली जनताको व्यापक सहभागिताले जनचासो कति रहेछ भन्ने छर्लङ्ग भएको छ । उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै हट एयर बेलुन उडाइएको थियो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्ने तत्कालीन अंचलाधिस शंकर राज पाठकलाई रथारोहण सहित सम्मान गरिएको थियो । राष्ट्रिय गौरवको आयोजना पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न भएका छन ।
विमानस्थल सञ्चालनमा आएसँगै पोखरा धेरै राष्ट्रसँग सोझो सम्पर्कमा पुगेको छ । ‘पोखरा विमानस्थलले कनेक्टिभिटीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ । यसले महानगर, कास्की र सिंगै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुनेमा दुईमत छैन । नेपालजस्तो भूपरिवेष्टित देशमा कनेक्टिभिटीका थुप्रै माध्यम भए पनि आवश्यक र प्रभावकारी हवाई सेवा हो । चीनले नेपालसँगका नाका खोल्ने, रेलवे परियोजना सर्भेको प्रक्रियालगायत अन्य धेरै परियोजना अघि बढिरहेको र तिनलाई गति दिएर अरू धेरै ठूला परियोजना सम्पन्न गर्नुपर्ने खाँचो छ ।
अब विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर देखाउनुपर्ने चुनौती छ । सबै जनप्रतिनिधि र नागरिक समाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अधिकतम सदुपयोग र भरपूर सदुपयोगका लागि अन्तर्राष्ट्रिय उडान सुरक्षित गर्न प्रभावकारी पहलकदमी हुनुपर्छ । पोखरालाई पर्यटनको केन्द्र बनाउन अन्य पर्यटकीय सहरसँग पनि यसलाई जोड्नुपर्नेछ । विमानस्थललाई व्यस्त बनाउनुपर्नेछ।सफल सञ्चालनबाट पोखरामा बढ्दो हवाई यात्रुको चाप सम्बोधन हुने र पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्नेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...