Pokharapatra National Daily

पोख्रेलीको सपना पुरा

पोख्रेली जनताको बहुप्रतिक्षित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हजारौं जनताको उपस्थितिमा उद्घाटन भएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पाँच दशकअघिको सपना पूरा भएको छ । विमानस्थल उद्घाटन समारोहमा भाग लिन पोखरा महानगरपालिकाले कार्यालय र विद्यालय विदा दिएको थियोे । महानगरको अगुवाइमा अमरसिंह चौरमा भेला भएका पेसागत संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, कलाकार र सर्वसाधारण ब्यानर र झाँकीसहित विमानस्थल पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । २०७३ साल बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पार्टीका शिर्ष नेताहरूको उपस्थितिमा शिलान्यास गरेका थिए ।
अंग्रेजी वर्ष २०२३ को १ जनवरी अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान पनि हुने भएको छ । नयाँ विमानस्थल भौतिक पूर्वाधारले निकै राम्रो रहेको छ । विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएको छ । अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने छ । विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पु¥याउन हवाई कम्पनीले ¥याम्प बस राखेको छ । यात्रुजहाज र टर्मिनल भवन आउजाउ गर्न ¥याम्प बसको प्रयोग गर्नुपर्ने । नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्नेछ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर आन्दोलन गर्ने नागरिक संघ संस्था, राजनीति दलहरू र जनसमुदायको उपस्थितिमा शिलान्यास भएको थियोे । उद्घाटनमा पोख्रेली जनताको व्यापक सहभागिताले जनचासो कति रहेछ भन्ने छर्लङ्ग भएको छ । उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै हट एयर बेलुन उडाइएको थियो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्ने तत्कालीन अंचलाधिस शंकर राज पाठकलाई रथारोहण सहित सम्मान गरिएको थियो । राष्ट्रिय गौरवको आयोजना पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न भएका छन ।
विमानस्थल सञ्चालनमा आएसँगै पोखरा धेरै राष्ट्रसँग सोझो सम्पर्कमा पुगेको छ । ‘पोखरा विमानस्थलले कनेक्टिभिटीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ । यसले महानगर, कास्की र सिंगै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुनेमा दुईमत छैन । नेपालजस्तो भूपरिवेष्टित देशमा कनेक्टिभिटीका थुप्रै माध्यम भए पनि आवश्यक र प्रभावकारी हवाई सेवा हो । चीनले नेपालसँगका नाका खोल्ने, रेलवे परियोजना सर्भेको प्रक्रियालगायत अन्य धेरै परियोजना अघि बढिरहेको र तिनलाई गति दिएर अरू धेरै ठूला परियोजना सम्पन्न गर्नुपर्ने खाँचो छ ।
अब विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर देखाउनुपर्ने चुनौती छ । सबै जनप्रतिनिधि र नागरिक समाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अधिकतम सदुपयोग र भरपूर सदुपयोगका लागि अन्तर्राष्ट्रिय उडान सुरक्षित गर्न प्रभावकारी पहलकदमी हुनुपर्छ । पोखरालाई पर्यटनको केन्द्र बनाउन अन्य पर्यटकीय सहरसँग पनि यसलाई जोड्नुपर्नेछ । विमानस्थललाई व्यस्त बनाउनुपर्नेछ।सफल सञ्चालनबाट पोखरामा बढ्दो हवाई यात्रुको चाप सम्बोधन हुने र पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्नेछ ।

प्रतिकृया दिनुहोस्

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...