Pokharapatra National Daily

आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पुरा

पोखराको चर्चीत आहा ! रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । यही पुष १४ गते देखि पोखरा रंगशालामा संचालन हुने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा भएको आयोजक सहारा क्लवले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्धेश्यका आयोजना हुने उक्त प्रतियोगितामा अमेरीकाको एक टोली सहित १० टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । यही पुष २३ गतेसम्म संचालन हुने प्रतियोगितामा अन्र्तगत विहिबार हुने उद्घाटन खेलमा सहारा र धरान फुटवल क्लव बिच हुने भएको छ ।
प्रतियोगिताका बिजेताले यस बर्ष १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । यस बर्ष प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२ औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितामा उत्कृष्ट पाँच विधामा जनही २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलमा म्यान अफ दी म्याचमा समेत ८ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
यसैबिच उद्घाटनको अवसरमा सर्वोउत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारबाट अनन्त तामाङलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राषि भने यस बर्ष १५ हजार ५ रुपैथा थप गरी ५० हजार ५ रुपैया पुराइएको हो । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ । तेश्रो व्याचको एकेडेमीमा १३ जना बालक आश्रित रहेका छन्।
प्रतियोगिताबाट आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ र खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको क्लवले जनाएको छ । सहारा क्लब पोखराले संचालन गर्ने प्रतियोगितामा विगतमा झंै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता अवधिमा एक लाख बराबरको चाउचाउ वितरण गरिने भएको छ । गत बर्षको विजेता शसस्त्र प्रहरी बलको एपिएफ क्लव हो । यस अघि सहारा क्लब पोखराले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समय तालिका प्राप्त गरेकोमा १३ गते स्पेनको बी डिभिजनको क्लव संग मैत्रीपूर्ण खेल हुने कारण २ दिन पछि सरेको हो । त्यसैले यसअघि १२ टिम भनिएकोमा १० टिमको छिनोफानो भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसी स्मृतिमा प्रदान गरिने जनाइएको छ । सहउपप्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक रहेको छ । त्यसै गरी अनलाइन टिकेटिंङ पार्टन माई पे, अफिसियल स्पोट्र्स वयर एक्स टेप, एयरसन ईन्टरन्यासनल् प्रालि इन्टरनेट पार्टनर, पब्लिक फोरके टेलिभिजन प्रत्यक्ष प्रसारण, अफिसियल एयर लाइन्स बुद्ध एयर, सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार प्रायोजक सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङ, अफिसियल इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स प्रालि रहेको छ । त्यस्तै अफिसियल मल्टिप्लेक्स पार्टनर सिनेप्लेक्स, पोखरा फेयर प्ले पुरस्कार प्रायोजक रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुल रहेको छ । त्यस्तै गरी मुग्लान रेस्टुरेन्ट एण्ड बार, एलजी टिभी, गोर्खाली अफ्सेट प्रेस, परिचय एड्भरटाइजिङ र जीएमसी मेडिकल कलेज, नयाँबजार र सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ र क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघ, सहारा क्लब युके, हङकङ र अष्ट्रेलिया समेतको विशेष सहयोग हुने क्लवले जनाएको छ । उक्त प्रतियोगिताको पोखरा महानगरपालिका प्रवद्र्धकको रुपमा रहेको छ ।

प्रतिकृया दिनुहोस्