Pokharapatra National Daily

आहा रारा पोखरा गोल्डकप पुष १४ गतेदेखि हुने

गण्डकी प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्ड कपको २२ औं संस्करण यही पुष १४ गते देखि हुने भएको छ ।
यस अघि पुष १२ गते देखि हुने भनिएको उक्त प्रतियोगिता बिषेश कारणले गर्दा दई दिन ढिला हुने गरी पुष १४ गते देखि हुने भएको आयोजक सहारा क्लवले जनाएको छ ।
प्रतियोगितामा विभागीय टोली र विदेशीसहित १० टिम सहभागी हुने भएको पूर्व अध्यक्ष विक्रम थकालीले बताए । यसैबिच, उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार पब्लिक फोर के टेलिभिजनले प्राप्त गरेको छ । पुस १४ गतेबाट हुने आहा रारा पोखरा गोल्डकप को प्रत्यक्ष प्रशारण पब्लिक टिभी मार्फत गर्न शुक्रबार सम्झौता भएको हो ।
सम्झौतामा सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) र टिभीका प्रवन्ध निर्देशक मीनबहादुर क्षेत्रीले हस्ताक्षर गरेका छन् । पोखरा गोल्डकपका सम्पूर्ण खेलहरु पब्लिक टिभी, टिभीको आधिकारिक युट्युब च्यानल र डिजिटल मिडियामा प्रत्यक्ष प्रसारण गर्ने कुरामा सहमति भयो,’ सम्झौतामा भनिएको छ । पोखराकै प्रतिष्ठा र खेल पर्यटनसँग जोडिएको प्रतियोगितालाई देशविदेशसम्म पु¥याउन पब्लिक टिभीमार्फत सहयोग पुग्ने सहाराका अध्यक्ष हरिरामले बताए । आहा राराको प्रतिष्ठा र गरिमालाई अझ उचाइमा पु¥याउनुका साथै गण्डकी प्रदेशलाई आधारभूमि बनाएर पोखराबाट देशैभरि प्रसारण भइरहेको पब्लिक टिभीलाई बिस्तार गर्न यो प्रतियोगिताले सहयोग गर्ने प्रवन्ध निर्देशक क्षेत्रीको विश्वास व्यक्त गरे ।
राजधानी बाहिर विशिष्ठ प्रविधिलाई आत्मसात गर्दै प्रसारण सुरु भएको पब्लिक टिभीसँगको सम्झौताले टिभी र आहा रारा दुबैलाई बजार बिस्तारमा सहयोग पुग्ने पब्लिकका बजार व्यवस्थापन निर्देशक उदीपराज ढुंगानाको भनाइ छ ।
फुटबलको मोफसल प्रतियोगितामा परिचित आहा रारा गोल्डकप अब २२ औं संस्करणबाट पोखरा गोल्डकपका रुपमा खेलाइने भएको छ । आयोजक सहारा क्लब पोखरा र मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले मुख्य प्रयोजनसहित नाम पनि नयाँ राख्ने सम्झौता गरेका थिए । सहारा र हिमश्रीले २०८९ साल सम्म प्रतियोगिता सञ्चालनका लागि लागि कुल २७ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको छ ।
प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ । १२ समूहको सहभागिता रहने अपेक्षा गरे पनि कम्तिमा १० टिम सहभागी हुने छन्,’ पूर्व अध्यक्ष केशव थापाले भने । यसअघिको आरा राराको उपाधि विभागीय टिम एपिएफले उपाधि जितेको थियो । उपाधिसँगै उसले १० लाख एक हजार र उपविजेता बनेको मनाङ मस्र्याङ्दीले पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको थियो ।
यसैबिच उक्त प्रतियोगितालाई सफल पार्न पोखरा महानगरपालिकाले प्रबन्धकको भुमिका निर्वाह गर्ने मेयर धनराज आचार्यले प्रतिबद्धता ब्यक्त गरेका छन्। यस अघिका सँस्करणमा महानगरपालिकाले सँयोजनको भुमिका निर्वाह गर्दै आएको थियो भने यस पटक देखि प्रबन्धक को भुमिका निर्वाह गर्दे गर्दा सहयोग रकम पनि बृद्धि गर्ने मेयर आचार्यले जनाए । उनले भने ‘सहकार्यको निम्ति आयोजक सहारा क्लब प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं ।’

प्रतिकृया दिनुहोस्