Pokharapatra National Daily

१३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवमा कास्की मोड्नाइज च्याम्पियन

१३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवमा कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा पोखरामा शुक्रबार सम्पन्न भएको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत १ सय ६६ अंक सहित कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको हो । कास्की मोड्नाइज एकेडेमीले सिनियर बास्केटवल छात्र तर्फ उपाधि, व्याडमिन्टन सिनियर छात्र तथा छात्रा तर्फ दोहोरो उपाधि, फुटवल सिनियर तथा जुनियर सेभेन ए साइड फुटवल प्रतियोगितामा र टेवल टेनिस सिनियर छात्र तर्फ उपाधि जित्यो । त्यसै गरी कास्की मोड्नाइज एकेडेमीले एथ्लेटिक्स तर्फ ७ वटा इभेण्टमा प्रथम हुदै स्वर्ण पदक हात पार्न सफल भयो । कास्की मोड्नाइज एकेडेमीले एकल तथा सामुहिक खेलमा १३ वटा खेलमा जित हासिल गरेको हो । नेश्नल क्रियसन स्कुलले ४५ अंक ल्याउदै कास्की मोड्नाइज एकेडेमीलाई पछ्याएको थियो । यस्तै, एथलेटिक्सतर्फ हेम्जा बोर्डिङ स्कुलले ५० अंक सहित पहिलो, कास्की मोड्नाइज ४५ अंकसहित द्वितिय र चिल्ड्रेन एकेडेमी तृतिय भयो । त्यस्तै बास्केटबतर्फ कास्की मोड्नाइज प्रथम, न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्वितिय, त्रिवेणी बोर्डिङ स्कूल र लिटिल फ्लावर बोर्डिङ स्कुल तृतिय भए । मंसिर २० गते देखि पोखरामा संचालन भएकोे उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि भएको एन प्याब्सन कास्कीका सचिव मानकाजी गुरुङले बताए ।
उक्त कार्यक्रममा वोल्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का केन्द्रिय अध्यक्ष पाण्डब हमालले विद्यार्थी चौतर्फी विकासको मुलधार भएको भन्दै उनले शिक्षासँगै खेलकुदलाई सँगै जोडेर हेर्नपर्ने बताए । खेलमा उत्कृष्टतासँगै सहभागिता पनि त्यसको विजेता रहेको उनको भनाई थियो । एन–प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा खेलकुद महोत्सव सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्