Pokharapatra National Daily

स्याङ्जा १ मा कांग्रेसका थापा दोस्रोपटक बिजयी

स्याङ्जाको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राजु थापा बिजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार नारायण मरासिनीलाई फराकिलो मतान्तरले थापा बिजयी बनेका हुन् । काँग्रेसका उम्मेदवार थापाले ३१९९९ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार मरासिनीले २८७४४ मत प्राप्त गरेका छन् । थापाले ३२५५ मतान्तरले मरासिनीलाई पराजित गरेका छन् । काँग्रेसका थापा र एमालेका मरासिनीको संसदीय निर्वाचनमा तेस्रो पटकको प्रतिस्पर्धा हो ।
२०७० सालको संविधानसभा निर्वाचन देखि प्रतिनिधिसभा निर्वाचन २०७४ र २०८९ मा दुवै जना चुनावी प्रतिस्पर्धामा लड्दै आएका हुन् । ०७० को संविधानसभा निर्वाचनमा थापाले मरासिनीलाई पराजित गरेका थिए भने ०७४ को प्रतिनिधिसभा निर्वाचनमा थापा मरासिनीसगँ पराजित भएका थिए । तिन निर्वाचनमा आलोपालो जस्तै गरी संसदीय निर्वाचनमा पुगेका छन् । मरासिनी एक पटक जनताबाट अनुमोदन भएका छन् भने थापा यो बिजयी सगै दुई पटक जनताबाट अनुमोदन भएका छन् । राजनीतिक यात्रामा मरासिनी भन्दा थापाले फड्को मारेको देखिन्छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेसनबाट थापा स्याङ्जाको पाटी सभापति बन्न सफल भएका छन् भने मरासिनी नेकपा एमालेको दशौ महाधिवेसनमा अध्यक्षमा पराजित बनेका थिए । काँग्रेसका थापा यो निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार थिए । त्यसैगरी स्याङ्जा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश (क) मा नेकपा एमालेका उम्मेदवार सीताकुमारी सुन्दास प्रदेश सभामा बिजयी भएकी छन् । गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका अमृता थापा मगरलाई पराजित गर्दै सुन्दास प्रदेश सांसद बनेकी हुन् । एमालेका उम्मेदवार सुन्दासले १४६९० मत प्राप्त गरेकी छन् भने माओवादीका उम्मेदवार थापा मगरले १३२६७ मत प्राप्त गरेकी छन् ।
त्यसै गरी प्रदेश (ख) मा पनि नेकपा एमालेका उम्मेदवार सुधिर पौडेल बिजयी भएका छन् । एमालेका पौडेलले गठबन्धनका साझा उम्मेदवार बुद्धिबहादुर रानालाई जम्मा ६ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १७४४१ मत प्राप्त गरेका थिए भने रानाले १७४३५ मत प्राप्त गरेका थिए । स्याङ्जा क्षेत्र नम्वर १ को सबै नतिजा सार्वजनिक भइसकेको छ भने क्षेत्र नम्वर २ को मतगणना अझै अनिश्चित छ ।

प्रतिकृया दिनुहोस्