Pokharapatra National Daily

विद्याद्धारा स्व. रविन्द्रको शालिकमा माल्यार्पण

कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेत्री विद्या भट्टराई अधिकारी बिहीबार पोखरा १८ जामुनाबोटमा पुगेर स्व.रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गर्नुभयो ।
मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएसंगै उहाँ जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा पुगेर पति रविन्द्रको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको हो । २०७६ साल फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उपनिर्वाचनमा विजयी भट्टराई दोश्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचिन हुनु भएको हो । सो अवसरमा निर्वाचन क्षेत्र २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य भिमबहादुर कार्की लगायत एमालेका नेता तथा कार्यकर्ताले विकास प्रेमी नेता स्व. रविन्द्रको शालिकमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।
त्यसैगरि उहाँहरुले आजै पोखरा १६ बाटुलेचौरस्थित जननेता मदन भण्डारी र जिवराज आश्रितको अर्धकदको शालिक, महेन्द्रपुलमा रहेको जनआन्दोलनका सहिद भिमसेन दाहाल, मुस्ताङचोकस्थित कम्यूनिष्ट नेता चित्रबहादुर गुरुङ, पोखरा ७ राष्ट्रबैकचोकस्थित सहिद झपिन्द्र कार्कीको शालिकमा माल्यार्पण सहित भावपूंर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्