Pokharapatra National Daily

बजाजको डोमिनार २५० एफ आई एबिएस पोखरामा

बजाजको डोमिनार २५० एफ आई एबिएस आइतबारदेखि बजारमा ल्याएको छ ।
नेपालमा सर्वाधिक विक्री हुने मोटरसाईकल ब्राण्ड बजाजले डोमिनार सिरिजका नयाँ मोडल डोमिनार २५० एफ आई एबिएस बजारमा ल्याएको हो । आफ्नो छुट्टै पहिचान बनाउन सफल बजाज बिगत दुई दशक देखिनै युवाहरुको चाहना अनुरुपका डिजाइनका बाइकहरु बजारमा ल्याउदै गरेको छ । सोही क्रममा वजाजले डोमिनार सिरिज अन्र्तगत पहिलो पटक ग्राहक समक्ष ल्याएको छ । ईच्छाशक्ति अटोमोबाईल्स प्रा.लि. पोखराका सोरुम म्यानेजर बताउछन्, ‘ग्राहक बर्गमा केही पृथक एवं आनन्ददायी किसिमको बाइक चलाउँने चाहना लाई पूर्ण गर्नको लागि नयाँ मोडलको डोमिनार २५० एफ आई एबिएस बजारमा ल्याएका छौं ।’
बाइकमा पृथक डिजाइन, उत्कृष्ट परर्फमेन्स, एवं आरामदायी हुनुका साथै यसमा थुप्रै अन्य विशेषताहरु रहेको छ । बाइकको माइलेज, पिक–अप, पावर, डिसी इग्नीसन सिस्टम, वाइड टायर, एन्टीलक ब्रेकिङ सिस्टम आदि रहेका छन् । डोमिनार २५० एफ आई एबिएस कोे ४,८९,९००÷– मुल्य रहेको छ ।

प्रतिकृया दिनुहोस्