Pokharapatra National Daily

फेवा सहकारी संस्थाको अधिवेशन सम्पन्न

फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. सृजना चोक पोखरा–८ को २१ औ वार्षिक साधारण सभा तथा ८ औं अधिबेशन कोरोना भाईरस (कोभिड –१९) को कारण भौतिक दुरि कायम गरी ५ दिने शेयर सदस्य उपस्थिति गराई सम्पन्न साधारण तथा ८ औं अधिबेशन एक कार्यक्रमको आयोजनामा सम्पन्न भयो ।
२१ औ साधारण सभा तथा ८ औं अधिबेशन सम्पन कार्यक्रममा भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका रजिष्ट्रार प्रेम प्रसाद ढकालको प्रमुख अतित्थ्यतामा समापन समारोहको उद्घाटन गर्नुहुदै नबनिर्बाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु हुदै सहकारी बैंकहरूले सहकारी नियमानुसार कोषहरूको ब्यबस्था, आफ्ना सदस्यहरुको हितका कार्य, कृषि तथा पशुपालन क्षेत्रमा ३०५ लगानी गरि सहकारी लाई सदस्य रूपी बनाउदै कोशेढुङ्गा हुनेगरी कार्य गर्न नेपाल सरकारका ऐन कानुनसंग नबाझिनेगरि कार्य गर्न अनुरोध गर्नुहुँदै सम्मानित सबैलाई बढाई दिनुहुदै सफलताको शुभकामना दिनुभयो ।
उक्त साधारण सभा तथा अधिबेशन कार्यक्रममा सहकारीको स्थापना देखि कारोबार गर्ने ८७ वर्षिया जेष्ठ नागरिक हकुली जलारी, हिमलाल तिमिल्सिना, उत्कृष्ट सदस्यहरुमा लक्ष्मी प्रसाद पौडेल र कोपिला कुमाललाई फुलमाला दोसल्ला, सम्पन्न पत्र र मायाको चिनोले सम्मान गरिएको कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिबमा निर्बाचित हुनुभएका सुरेन्द्रमान बिजुक्छेलाई समेत मायाको चिनो र दोसल्लाले सम्मान गरेका थिए । ६ दिनसम्म संचालित साधारण सभा कार्यक्रममा सचिवको प्रतिबेदनले भावी कार्यक्रम प्रस्तुत सचिव हरिभक्त पौडेल र कोषाध्यक्षको आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्ष दिल बहादुर भट्टराईले प्रस्तुत गर्नु हुदै भबन निर्माण, सहकारीले सदस्य हितका विषयमा छलफल गर्दै उक्त प्रपोजल सर्वसम्मत पास गरिएको थियो ।
साधारण सभा तथा अधिबेशन कार्यक्रममा निर्बाचन मण्डलका संयोजक नारायण प्रसाद भट्टराई, सदस्यहरू भोजराज घिमिरे र भिम गुरुङ्ग रहेको निर्बाचन समितिले सर्ब सम्मत निर्बाचित पदाधिकारीहरु मा अध्यक्ष क्य. चन्द्र प्रसाद गुरुङ, उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ, सचिव दिल बहादुर भटराई, कोषाध्यक्ष शेरकाजी गुरुङ र सदस्यहरुमा रामकाजी गुरुङ, पूर्णभद्र अधिकारी, किरण बैध बिजुक्छे, सरस्वती देबकोटा र योगराज पौडेल निर्बिरोध निर्बाचित हुनुभएको अधिबेशनले लेखा समिति संयोजकमा सगुन कोईराला सदस्यहरू कृष्ण प्रसाद तिमिल्सिना र कुलराज शर्मा निर्बिरोध निर्बाचित कार्यक्रममा निर्बाचन समितिका सदस्य भिम गुरुङले निर्बाचित सबैलाई सपथ ग्रहण गराउनु हुदै बधाई दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैक पोखरा शाखाका प्रबन्धक नरेश पाण्डे, फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष तथा निर्बाचन समितिका संयोजक नारायण प्रसाद भट्टराई, रोयल सहकारी का सियो भिम गुरुङ, याङ्जाकोट तमू समाज पोखराका अध्यक्ष सु. चन्द्र बहादुर गुरुङ, शेयर सदस्य तथा सम्मानित शान्ति बराल लगायतका बक्ताहरूले आ–आफ्नो बिचार राख्नु हुदै फेवा सहकारी संस्थाको भबिष्य अझ उज्जल बनाउन बैंक शेयर सदस्य र सहकारी सदस्य हितका कार्यमा लाग्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा सहकारी का सात सिद्धान्त सदस्य किरण बैध बिजुक्छेले बाचन गर्नु भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले स्वागत गर्नु भएको थियो । उक्त साधारण सभा तथा अधिबेशनमा फेवा सहकारीका अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहकारीका सहायक प्रबन्धक जगन तिमिल्सिनाले संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्