Pokharapatra National Daily

माछापुच्छ«े सहकारी संस्था लि.को स्थापना दिवस

पोखरा महानगरपालिका वडा नं ८ स्थित माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं स्थापना दिवस हालै सम्पन्न भयो ।
सहकारीका पूर्व अध्यक्ष एवं संरक्षक हेडम्बराज पराजुलीले कार्यक्रममा सवैभन्दा पहिला उपस्थित हुने सदस्य शुरेस कुमार श्रेष्ठलाइ सेनिटाइजर र मास्क वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । विगतका वर्षहरुमा विभिन्न संस्थालाइ जिन्सी तथा नगद सहयोग साथै रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएको सहकारीका अध्यक्ष डा. वीरवहादुर कार्कीले वताए । सोही दिन राष्ट्रिय सहकारी संस्था पोखराका शाखा प्रवन्धक नरेश पाण्डेलाइ स्वागत र तालचोक सरुवा भएका शाखा प्रवन्धक सन्तोष घिमिरेलाइ विदाइ गरिएको थियो ।
माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष डा वीरवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार शुशिलराज पराजुली, प्रा.डा इन्द्रप्रसाद तिवारी, सदस्य सुरेश कुमार श्रेष्ठ लगायत वोलेको कार्यक्रममा संस्थाका सचिव वर्षाकेशव पराजुलीले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्