Pokharapatra National Daily

कर्मशिल सहकारीको दशौं वार्षिक साधारण सभा

कर्मशिल बचत तथा ऋण सहकारी संस्था लि. को दशौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको प्रमुख अतिथि संस्थाका जेष्ठ शेयर सदस्य सन्तमाया श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रमा विशेष अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका संचालक सदस्य कमलादेवी गिरीले हालको अवस्थामा सहकारी आर्थिक क्षेत्रको मेरुदण्ड भएकोले देश विकासमा सहकारीको प्रमुख भुमिका रहेको बताउनु भयो । सहकारी नीति, विधि र प्रविधि अनुसार सुशासनमा चल्नुपर्ने बताउनु भयो । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सबै शेयर सदस्यहरुलाई आफूले लगानी गरेको सहकारीमा समय समयमा गई लगानीको बारेमा चासो राख्नुपर्ने बताउनुभयो । कास्की बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष भेषराज बरालले शेयर सदस्यहरुले मुनाफामा मात्र धेरै चासो दिने हुँदा आफ्नो नियमित कारोवार पनि सहकारीमा नै गर्न आग्रह गर्दै जति धेरै सहकारीमा शेयर सदस्यहरुले कारोवार गर्छन् त्यति नै बढी मुनाफ वितरण गर्न सकिने बताउनु भयो ।
सो अवसरमा अतिथि नेफ्सुन पोखराका फिल्ड इन्चार्ज यामकला सुवेदी पौडेल र विहानी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धर्मराज भण्डारीले आफ्नो मन्तव्य राख्नु भएको थियो । सहकारीका वरिष्ठ उपाध्यक्ष विजय अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहकारीका सल्लाहकार धु्रव कुवँर, अध्यक्ष संगिता गौतम तिमिल्सिना, प्राविधिक सल्लाहकार देविलाल शर्मा, संस्थाका शेयर सदस्य महिला तर्फबाट दिपा आचार्य, शेयर सदस्य पुरुष तर्फबाट टिकाराम सुवेदीले बोल्नु भएको थियो । कार्यक्रममा सचिवको प्रतिवेदन ज्ञान प्रसाद अर्यालले, कोषाध्यक्षको प्रतिवेदन चन्द्र बहादुर गुरुङले र लेखा समितिको प्रतिवेदन शिवहरी शर्माले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । सो अवसरमा उत्कृष्ट बचतकर्ता र कारोवारी गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । साथै जेष्ठ नागरिकलाई पनि लठ्ठी प्रदानगरी सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी, पूर्व कर्मचारी र उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा संचालक समितको रिक्त रहेको सचिव पदमा ज्ञान प्रसाद अर्याल साथै सहसचिव पदमा तिर्थ कुमारी गुरुङ, संचालक समितिको सदस्यमा शोभाकर भण्डारी र लेखा समिति सदस्यमा महेश्वर ढकाललाई सर्वसम्मत नियुक्त गरिएको छ । सहकारीका अध्यक्ष संगिता गौतम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव ज्ञान प्रसाद अर्यालले गर्नु भएको जानकारी संस्थाका प्रवन्धक देवेन्द्र धितालले गराउनु भयो ।

प्रतिकृया दिनुहोस्