Pokharapatra National Daily

आर्थिक समाज नेपालको वार्षिक साधारण सभा तथा समाजिक परीक्षण

आर्थिक समाज नेपाल, कास्कीको पाचौें बार्षिक साधारण सभा, सामाजिक परीक्षण कार्यक्रम संस्थाका अध्यक्ष कृष्णकुमार लामिछानेको सभापतित्व तथा सरस्वती क्याम्पस काठमाडौंका सहप्रध्यापक, तथा नेपाल आर्थिक संघ काठमाडौंका सचिव खोमराज खरेलको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ ।
संस्थाका सचिव भिम प्रसाद उपाध्यायले स्वगत गर्नुभएको, उक्त कार्यक्रममा महासचिव रमेशबहादुर खड्काले आ.ब. २०७८/०७९ को वार्षिक प्रगति प्रतिबेदन र आ.ब. २०७९ र ०८० को नीति तथा कार्यक्रम, पेश गर्नु भएको थियो र कोषाध्यक्ष शिलु चालिसेले पेश गर्नुभएको आ.ब.२०७८ र ०७९ कोे आर्थिक आय र ब्ययको बिबरण तथा आ.ब. २०७९ र ०८० कोे अनुमानित बजेट तथा कार्यक्रम सर्बसम्मतबाट पारित गरेको छ ।
उक्त कार्यक्रम महासचिव रमेशबहादुर खड्काले सञ्चालन गरेका थिए । प्रमुख अतिथिकोे सह प्राध्यापक तथा यस संस्थाका सल्लाहाकार डा. खोमराज खरेलले हालसम्म यस संस्थाले गरेका राम्रा राम्रा गतिबिधिहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस संस्थाले, प्रादेशिक तथा स्थानिय पालिका तहहरुमा बैङ्किङ, आर्थिक, कृषि, पर्यटन क्षेत्र लगायतका योजना तर्जुमा, कार्यक्रम अनुगमन तथा मुल्याङ्कन जस्ता बिषयहरुमा सहयोग पुराउनु पर्ने सुझाब दिनुभएको थियो ।
संस्थाका महासचिव रमेशबहादुर खड्काले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बिभिन्न सरोकारवालाहरु संग अन्तरक्रिया गरी संस्थाका गतिबिधिका बारेमा सामाजिक परिक्षण समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्