Pokharapatra National Daily

तपाई कुन नशा लिनुहुन्छ ?

-लोक र्दशन कोइराला
नशा भन्ने वितिकै जाड रक्सी भाङ लागु औषध भन्ने सजिलै बुझिदो रहेछ । नशाको लतहरु बेग्ला बेग्लै हुदो रहेछ । कसैलाई के को नशा कसैलाई के को नशा पोखरामा विगत २०७३/०२/२२ गते अगाडि विश्व वातावरण दिवसका दिन पारेर फिर्के बुलौदी सफा गर्ने भनेर फिर्के को मुहान अधेरी कुना बाट सफा गर्ने अभियान चलिनै रहेको छ । २०५ हप्ता सकिए पछि नाम परिवर्तन गरि वातावरण संरक्षणका लागि महाअभियान भन्न्ने अभियानताको सल्लाहमा नामाकरण गरियो फिर्के बुलौदी सफा गर्ने कार्य सकियो त्यस पछि पोखरा उपत्यका सफा गर्ने भन्ने नशा सुरु भयो ।
पोखरा महानगरपालिका वडा नं १ देखि वडा नं ३३ सम्म सफा गर्ने अभियान निरन्तर लागी रहेका छन । १५४ हप्ता पछि स्कुल स्कुलमा विद्यार्थीका लागी पनि यो अभियानले छोडेनन् । कोभिडको समयमा पनि खवरदारी गर्न कार्य रोकिएन बनभोज एक आपसमा सदभाव कायम गर्ने अन्तरक्रिया गर्ने बिभिन्न ठाँउको अवलोकन गर्ने साथै खवरदारी गर्ने कार्य चली नै रहेको छ । अहिले हाम्रो अभियानमा निरन्तर लाग्ने समुहलाई सम्मान स्वरुप सरसफाइका सामान दिदै हिडिरहेका छन वडामा रहेका आमा समुह टोल बिकाश संस्था यसमा पर्ने वडामा १ ,७, १३, १७ सम्मानित भएका छन भन्न्ो यो कार्य निरन्तर चल्ने नै रहेको छ ।
यो नशामा लागि रहने नागरीक समाज पोखराका संयोजक रामबहादुर पौडेललाई कहिले मापदण्ड मिचेकाहरुलाई प्रहार गर्दे सडक फराकिलो बनाउने कहिले प्राकृती सम्पदा लुटेर खाने मास्नेहरुसँग जुध्ने यसरी नै यस्तो किसिमको नशा लागे पछि पोखरा सफा हुने एक यस्तो दिन हुने नै छ यो कस्तो किसिमको नशा हो कोही सच्चा नागरिक हुम भनी नशा लिएर आफनो शरीर परिवारको हिंसा साथै आर्थिक स्थिती समेत बरबाद पारेको हुन्छन् । अभियानका संयोजक रामबहादुर पौडेलको यो कस्तो नशा कस्तो हो ? पोखरा सुन्दर र सफा राख्ने साथै प्रत्येक नागरिक स्वास्थ र पोखराको प्रतिष्ठा बचाई राख्ने नशा यो किसिमको नशा पोखरामा दिनरात लागि पर्ने पोखरा वृहत् सरसफाई अभियानताहरुको भट्टी हो । वडा नं १ देखि ३३ सम्मको वडा सम्पदा नदी नाला मठ मन्दिर मस्जीत सडक र नाली आदी नशा लिने भट्टी बनेका छन् यसमा अचम्मको कुरो के छ भने यो भट्टीमा पस्दा नशा लिदा पैसा दिनु पर्देन पैसा लिइदैन राजनीतिक भन्ने कुरा समेत हुदैन भ्रष्टाचार हुदैन तर पैसा भन्ने आफनै खर्च हुन्छ । कस्तो नशा होला हामी केही अभियानन्ताहरुले नशा लिई गरेका कार्यको प्रर्दशनीको फोटोहरु मिति २०७४/२/२२ गते सोमबार १०ः३० बजेदेखि अपराहन्न ५ बजेसम्म नेपाल पर्यटन बोर्ड परिसर डयाम साईड पार्दी १७ मा नशा लिई नशामा मज्जा लिने व्यक्तिहरुको फोटोहरु समेत प्रर्दशन गरियो ।
यो यस्ता पोखरेली पनि छन् कमाएको नराम्रो सम्पत्ती नशाका लागि साथीभाई बटुली नसाको मात लिई गाडीहरु चलाई विभिन्न हिम्सा गरी सुरक्षाकर्मीहरुले समातेर लगेर फोटो प्रर्दशन भएका पनि हुन्छन् तपाईहरु पोखराको नागरीकहरु भन्नु होस् कुन नशा ठिक होला ? त्यसकारण पोखरालाई राम्रो बनाउनु हुनेछ भन्ने मादकपदार्थको नसा होइन यसले शरीरदेखि सम्पत्ती इज्जत सन्ततीसम्म बिगारेको छ भन्ने पोखरा सरसफाई गर्ने नशा लिने बानीको विकास गरौ हामीले प्राकृतीक सम्पदाको संरक्षक गर्ने छौ स्वाथ्य राम्रो हुने छ वातावरण राम्रो हुनेछ हाम्रा सन्ततिको भविष्य उज्जल हुने छ यि नागरिक समाजका अगुवा रामबहादुर पौडेल लगायत अभियानमा लाग्ने अभियान्ताहरुले लिएको सरसफाई गर्ने नशा लिने बानीबसालौ पोखरा उपत्यका सफा सुन्दर चाडै भन्दा चाडै हुने छ आउनु होस् नशा लागु औषधको रक्सीको हैन पोखरा उपत्यकालाई सफा सुन्दर बनाउदै लैजाने बानीको विकास गरौ लागु औषत रक्सीको नशा लिदा तपाई हाम्रै दिदीबहिनी माथी नराम्रो दृष्टीको आखाँ जान्छ भने विकासमा लागेको पोखरेली अभियानताको आखाँ हालसम्म फोहोरको थुप्रोमा लागेकोे नशा हो । पोखरा –९

प्रतिकृया दिनुहोस्