पत्रकारहरु असुरक्षित हुदाँ प्रेस स्वतन्त्रता कुण्ठित हुने गर्छ । सामाजिक सञ्जालमा आएका सामाग्रीलाई संचार माध्यम ठान्ने गरिएको छ । निर्वाचनको बेला उमेदवार र ब्यक्तिलाई चरित्र हत्या गर्ने, अप्रमाणित भिडियो पोष्ट गर्ने काम भएको छ।नेपाली उखान ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भने जस्तै सामाजिक संजालमा गरिएको दुरुपयोगको सजाय संचार माध्यमले पाउने गरेका छन। पत्रकारको ब्यावसायिक र पेसागत सुरक्षा नहुँदा संचार माध्यम स्वतन्त्र बन्न सकेको छैन । सत्ता र शक्तिको आडमा पत्रकारिताको मुल्य र मान्यता विपरीत संचार माध्यम चलिरहँदा नियामक निकाय निरीह देखिन्छन् ।
पत्रकारको हितमा ल्याईएको न्युनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्दा पत्रकारको पेशागत सुरक्षा हुन सकेको छैन । विना अवरोेध स्वतन्त्र पत्रकारिता गर्न पाउने वातावरण निर्माण नभए सम्म स्वतन्त्र पत्रकारिताका लागि लडिरहुनु पर्ने भएको छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघ साधारण सभाको घोषणा पछि युनेस्कोको आब्हानमा मे ३ मा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । संसारभरीका पत्रकारहरुले मे ३ लाई महत्वपूर्ण दिनको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । सत्ता र शक्तिको दुरुपयोग गरेर सञ्चार, न्याय र बिधिको शासन बिचको सम्बन्धको महत्व बुझाउन सकेमात्र प्रेस सुरक्षित बन्छ । प्रेस स्वतन्त्रताको अवस्था विश्वभर राम्रो छैन । द्धन्द ग्रस्त मुलुकमा सबैभन्दा असुरक्षित पत्रकार भएका छन् । रिपोर्टिङमा गएका पत्रकार सुरक्षित रुपमा फर्कन्छन् कि फर्कदैनन् भन्ने अबस्था बिद्यमान छ ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । तर व्यवहारमा कार्यान्वयन नभइन्जेल संविधानमा लेखेर मात्र पुग्दैन । स्वतन्त्र न्यायालयले छोड्न आदेश दिदा पनि धरपकड गर्नु नाङलो ठटाएर हात्ति तर्साउने जस्तै काम हो । संविधानले दिएको अधिकार कानुन वनाएर संकुचन बनाउन खोज्नु प्रेस प्रतिको अनुदार सोच हो । नेपाली पत्रकारहरुको भौतिक र व्यावसायिक सुरक्षाको लागि पत्रकार महासंघले लामो समय देखि आवाज उठाउँदै आएको छ । महासंघका अधिवेशन र साधारण सभाका मुख्य विषय पत्रकारको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुदै आएका हो । स्थानीय र प्रदेश सरकारले प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध र मिडीयामैत्री हुने अपेक्षा अनुसार ब्यबहारमा देखिन सकेको छैन् । सरकारले तोकेको पारिश्रमिक दिन आनकानी गर्ने सञ्चार प्रतिष्ठान पनि स्वतन्त्र पत्रकारिताका पक्षपाति हुन सक्दैनन् । प्रेस स्वतन्त्रता दिवस मनाउनुको अर्थ श्रमजीवी पत्रकारको ऐनको कार्यान्वयन हो । पत्रकारलाई सबल बनाउन सुरक्षाको प्रत्याभुति र तालिम पनि उतिकै खाचो छ ।
पत्रकार दुर्घटना बिमा र स्वास्थ्य बिमा प्राथमिक सर्त बन्नु पर्दछ । स्वतन्त्र प्रेसको लागि जिम्मेवार र मर्यादित बन्नु आवस्यक छ । राज्यले संबिधानमा भएको प्रावधान अनुसार कानुन बन्नु पर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कागजी खोष्टो मात्र नबनाउन सरकारले ब्यबहारबाट पुष्टि गर्ने बेला आएको छ । जनताले सहि सूचना पाउने र राज्य जनतालाई सहि सुचना दिन प्रतिबद्धता जनाउने बेला यही हो । निर्वाचनको समयमा सत्य तथ्य र विश्वसनीय समाचार दिनुपर्नेछ । भ्रामक, गाली गलौजर चरित्र हत्या गर्ने काम हुनुहुँदैन । राजनीतिक दल र उमेदवारका गलत गतिविधि रोक्न सकेमा सबैलाई जिम्मेवार बनाउन सकिन्छ । प्रेस स्वतन्त्रता दिवसका अबसरमा आँफु जलेर अरुलाई उज्याले दिने पत्रकारहरुलाई हार्दिक शुभकामना ।