Pokharapatra National Daily

सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु

सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन १६ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार छात्रतर्फ १३ र छात्रातर्फ ३ खेल सम्पन्न भएका हुन् ।
प्रतियोगिता अन्तर्गत शनिबार छात्रतर्फ पहिलो चरणका ८ र दोश्रो चरणका ५ खेल सम्पन्न भए । पहिलो चरण अन्तर्गत भएको खेलमा जनप्रिय माविले तालवाराही माविलाई २५–१९ र २५–१५, भविष्य निर्माण माविले लक्ष्मी माविलाई ३१–२९ र २५–१४, राष्ट्रिय माविले अमरसिंह माविलाई २५–१४ र २५–१८, गोगन माविले छोरेपाटन माविलाई २६–२४ र २५–१४, ईन्द्रराज्य लक्ष्मी माविले भवानी कालिका माविलाई २५–२० र २५–२२, ईन्द्रराज्य माविकै अर्को टिमले विन्ध्यबासिनी माविलाई २५–१९ र २८–२, कालिका माविले वाराही माविलाई २५–१९ र २५–२२ र भद्रकाली माविले राष्ट्रिय मावि (बी)लाई २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । त्यस्तै शनिबारै भएको छात्रतर्फको दोश्रो चरणको खेलमा गोगन माविले छोरेपाटन माविलाई २५–१४ र २६–२४, ईन्द्रराज्यलक्ष्मी माविले भवानी कालिका माविलाई २५–१७ र २५–२२, शान्ता माविले जनप्रकाश माविलाई २५–१७ र २५–१४ र विन्ध्यबासिनी माविले तालवाराही माविलाई २५–१७ र २५–१९ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे । अर्को खेलमा गौरीशंकर मनेलाल माविले जनप्रकाश माविलाई वाल्कओभर दियो ।
यसैगरी, शनिबारै भएको छात्रातर्फको खेलमा कन्या माविले ईन्द्रराज्य माविलाई २५–२०, २३–२५ र २५–१७ तथा लक्ष्मी माविले राष्ट्रिय माविलाई २५–६ र २५–१६ को सेटमा पराजित ग¥यो । अर्को खेलमा भने कालिका माविले भद्रकाली माविलाई वाल्कओभर दियो ।
प्रतियोगिता अन्तर्गत दोश्रो दिन आईतबार छात्रातर्फ शान्ता मावि र कन्या मावि, जनप्रिय मावि र लक्ष्मी मावि, विन्ध्यबासिनी मावि र तालवाराही मावि तथा भद्रकाली मावि र अमरसिंह माविबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै छात्रतर्फ शान्ता मावि र राष्ट्रिय मावि, भविष्य निर्माण मावि र ईन्द्रराज्य लक्ष्मी मावि, मेश्रम वराह मावि र गोगन मावि तथा महेन्द्र मावि र जनप्रकाश माविबीच प्रतिष्पर्धा हुनेछ । यसअघी ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ चैत ७ गतेसम्म हुने प्रतियोगिताको गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उद्घाटन गरेकी थिईन् । उनले खेलकुदको विकास र बिस्तार गर्न तीनै तहको सरकार लागि पर्नुपर्ने बताईन् । आयोजक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले प्रतियोगिताले विद्यालय स्तरबाटै भलिबल खेलको विकास गर्न सघाउने बताए । उनले भलिबल खेलकुदको विकास र बिस्तारका लागि सृजना विकास केन्द्र सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । ‘हामीलाई विश्वास छ, प्रतियोगिताले सामुदायिक विद्यालयमा खस्किएको भलिबल उकास्न भूमिका खेल्नेछ ।’
प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमहरुको सहभागिता छ । प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक/एक लाख, उपबिजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १/१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्