Pokharapatra National Daily

तेस्रो लोककवि अलिमियाँ सेभेन ए साइड फुटबल सुरु

तेस्रो लोककवि अलिमियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बुधवार देखि सुरु भएको छ ।
नेपाल मुस्लिम युवा समिति कुँडहर–१३ को आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । युवाहरुलाई शारीरिक रुपमा स्वस्थ्य बनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा फुटबल खेलाडीहरुलाई प्रतिष्पर्धि बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले रेफ्रीलाइ बल दिएर प्रतियोगिगताको उद्घाटन गरे । अलिमियाँको स्मृतिमा भएको खेलले कुँडहरदेखि पोखरालाइ चिनाउन सफल भएको अध्यक्ष लामाले भने । अलिमियाँले गाएका गीत र कविताले धार्मिक तथा पर्यटन क्षेत्रलाइ चिनाउन राम्रो भुमिका खेलको अध्यक्ष लामाले चर्चा गरे । अलिमियाँ का हरेक कृति सदवार चर्चा परिचर्चाले समग्र पोखरेलीको गहन बन्दै गएको अध्यक्ष लामाले वताए । युवाहरुले गरेका खेलकुद कार्यक्रमलाइ सदैव सहयोग गरिरहने अध्यक्ष लामाको जोड थियो । नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष प्रवेश चन्द्र उप्रेतिले खेलकुद जीवनको लागि महत्वपुर्ण भएको भने । प्रतियोगितामा ४७ टिम सहभागी रहेका छन् । नेपाल मुस्लिम युवा समितिका अध्यक्ष अब्बास अलि मियाँको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष अफजल अलिमियाँ लगायत वोलेको कार्यक्रममा समितिका सचिव साजित अलिमियाँले संचालन गरेका थिए ।
वडा नं १३ स्थित माछापोखरी खेल मैदानमा हुने प्रतियोगिता प्रथम हुनेलाई एक लाख २५ हजार, द्धित्तीय हुनेलाई ७५ हजार प्रदान गुर्नको साथै विभिन्न विद्यामा पुरस्कृत हुने खेलाडीलाई पुरस्कार प्रदान गरिने समितिका सचिव साजितले वताए ।

प्रतिकृया दिनुहोस्