Pokharapatra National Daily

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा गठबन्धनकै उमेदवार निर्वाचित

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनकै उमेदवारहरु निर्वाचित हुन सफल भएका छन् ।
बुधबार निर्वाचन कार्यालय पोखरामा भएको मतदानमा गठबन्धनका ३ जना उमेदवार निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का दलित क्लष्टरबाट भुवनबहादुर सुनार, अन्य क्लष्टरबाट सुरेश आलेमगर र नेपाली काग्रेंसकी कमला पन्त निर्वाचित भएको निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जनाए । नेकपा माओवादी केन्द्र बाट अन्यमा सुरेशकुमार आलेमगरले ३ हजार ९६ मतभार प्राप्त गर्दा उनका प्रतिष्प्रर्धी एमालेका पुण्यप्रसाद पौडेलले भने २ हजार ६ सय ९४ मतभार प्राप्त गरे ।
नेकपा माओवादी केन्द्र बाट दलित कोटामा निर्वाचित भुवनबहादुर सुनारले ३ हजार ४८ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले भने २ हजार ७ सय २४ मत प्राप्त गरे । पोखरास्थित निर्वाचन आयोगको कार्यालयमा भएको निर्वाचनमा प्रदेशसभा सदस्यबाट ५९ र स्थानीय तहबाट १ सय ६८ गरी कुल २ सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यसैबिच, नेपाली कांग्रेसका तर्फबाट महिलातर्फ निर्वाचित कमला पन्तले ३ हजार ८४ मतभार ल्याउदा उनका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतको २ हजार ७ सय २४ मतभार ल्याएकी छन् ।
गण्डकी प्रदेशमा एमालेका २७ जना सांसद रहेकाछन भने नेपाली कागेंसको १५ सांसद, माओबादी केन्द्रको १२ सांसद रहेका छन् । जनमोर्चा र जनता समाजबादीको भने २, २ सांसद रहेका छन भने एक स्वतन्त्र सांसद रहेका छन। प्रदेशमा ८५ वटा पालिका प्रमुख तथा उपप्रमुख गरी १ सय ७० जना उमेदवार रहेका थिए ।

प्रतिकृया दिनुहोस्