
देवशिल्पी बचत तथा ऋण सहकारी संस्थाको बाह्रौं वार्षिक साधारणसभा कार्यक्रम अध्यक्ष चन्द्रकिशोर गौतमको अध्यक्षता तथा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री माननीय डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा सहकारीमा लामो समय योगदान दिएका र समाज सेवामा योगदान दिएका पोखरा १० रामबजार निवासी जंगविर विश्वकर्मा पोखरा १५ निवासी डबल बहादुर विश्वकर्मालाई मन्त्री विश्वकर्माले सम्मान गर्नुभएको थियो । त्यसैगरी सहकारीका संस्थापक भएर विभिन्न पदमा रही काम गरेका उदाहरणीय महिला जौमाया विश्वकर्मालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री डोवाटे विश्वकर्माले सहकारीका माध्यमबाट यस क्षेत्रका सिल्पकारीहरुलाई समेटेर उनीहरुको जीवनस्तरमा सहज पु¥याएकोमा यसका संचालकलाई धन्यवाद दिनुभएको थियो । सरकारले लिएको नीति तथा कार्यक्रमका आधारमा काम गर्नुपर्ने र यसले सहकारी उपभोक्ता संचालक सबैलाई राम्रो हुन्छ, विशेषगरी प्रदेश सरकारले जीवनरक्षा कोष संचालन गरेको बताउँदै यसमा व्यक्तिगत रुपमा र शिल्पकारीहरुलाई लाभदायक लगानी भएको र व्यक्तिलाई बैंक मार्फत १ लाखदेखि १५ लाखसम्म ऋण प्रदान गरिने व्यवस्था मिलाएको र यसको ब्याज समेत सरकारले तिरिदिने बताउनुभयो । साधारणसभामा अतिथि रनबहादुर विश्वकर्माले सहकारीले शेयर सदस्यहरुलाई मुनाफा मात्रै होइन मुनाफासँगै समाज सेवा र सकारीमा लागेका व्यक्तिहरुलाई सम्मान गरेर राम्रो सन्देश दिएको बताउनुभयो । त्यसैगरी ऋषिराम विश्वकर्माले सहकारी स्थापना र यसको यात्रा साह्रै गाह्रो भएको अनुभव राख्दै अबको यात्रा सहज भएको र अझै धेरै मिहिनेत गर्नुपर्ने बताउनुभयो । अतिथि किरण प्रसाद भट्टचनले हिजो सहकारीका बचत सदस्य मात्रै थिए अहिले यस सहकारीमा शेयर नै लगानी गर्न पाएकोमा खुसी लागेको र सहकारीलाई आवश्यक हरेक सहयोग गर्ने बताउनुभयो । सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुबाट राम्रो बचत गर्ने, निरन्तर बचत गर्ने २ जना मिना सुनार र सेती गिरीलाई उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान गरेको थियो भने असल ऋणीको रुपमा तिलबहादुर सुनारलाई सम्मान गरेको थियो । सहकारी स्थापनादेखि समाजसेवामा केही टेवा पु¥याउँदै आएको कुरा राख्दै कार्यक्रमका अध्यक्ष चन्द्रकिशोर गौतमले हिजोको कठिन परिस्थितिलाई पार गर्दै कोभिड १९ को कारण धेरै सदस्य संक्रमित हुनुभएकोमा सम्भव भएका सदस्यहरुलाई आर्थिक सहयोग गरिएको बताउनुभयो । उहाँले कोभिडका कारणले लामो समय बन्दाबन्दी भएको र आम्दानी गर्ने पेशा व्यवसाय बन्द भएकोले कर्जावाला व्यक्तिहरुको व्याजमा मिनाहा दिएको र किस्ता समय थप गरेर ऋणीहरुलाई सहुलियत प्रदान गरेको बताउँदै यस वर्ष सहकारी संचालनमा बाधा पर्ने स्थिति भए पनि सबैको सहयोगले स्थिति विग्रन नपाएको बताउनुभयो । उहाँले सहयोगी सबैलाई धन्यवाद समेत दिनुभयो । सहकारीले आगामी दिनमा थप सदस्यहरुलाई सेवा दिने गरी सेवा क्षेत्र बृद्धि गरेको कारण थप रोजगारीको सृजन ागर्ने गरी योजना बनाएको बताउनुभयो । राज्यका विभिन्न कोषहरुको सदुपयोग गर्न माग गर्दै सकारीबाट नै राज्यको आर्थिक अवस्थामा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा अतिथि गणेश बराइली, होमबहादुर विश्वकर्मा, भिमसेन शाह, लालसिंह घताने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोउ । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव टंक सुनार, लेखापरीक्षण प्रतिवेदन कोषाध्यक्ष कमल सुनार, आन्तरिक लेखासुपरीवेक्षण प्रतिवेदन रामलाल विश्वकर्माले प्रस्तुत गरी छलफल सहित पारित गरिएको थियो । कार्यक्रमको संचालन टंक सुनारले गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक खड्क बहादुर सुनारले सम्पूर्ण अतिथि, प्रमुख अतिथि लगायतलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याएकोमा कर्मचारी वर्ग सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।