Pokharapatra National Daily

घर जग्गा र विदेश जानेलाई भन्दा उत्पादन क्षेत्रमा सहकारीले लगानी गर्नुपर्छः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सहकारीहरुले घर जग्गा र विदेश जानेहरुलाई भन्दा उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भएको छ ।
पोखरा १७ को जागरण कृषि सहकारी संस्थाको शनिबार पोखरामा सम्पन्न भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले अब सहकारीहरुले रियल स्टेट र विदेश जानेहरुको लागि भन्दा उत्पादनशिल क्षेत्रमा लगानी गर्न बताउनु भएको हो ।
अब हरेक सहकारीले कम्तिमा एक सहकारी एक उत्पादनमा जोड दिनुपर्ने बताउदै मन्त्री बरालले किसानले उत्पादन गरेको बस्तु तथा सेवा सिधै कृषि उपज संकलन केन्द्रमा विक्रि वितरण गर्ने वातावरण मिलाउनु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो “देशलाई आत्मनिर्भर बनाउन अब हरेक सहकारीले आफ्नो माटो सुहाउदो उएपादन तर्फ केन्द्रित हुनै पर्छ, ठुलो रुपमा कुनै उत्पादन गर्न लागेका सहकारीलाई सरकारले समेत केही न केही सहयोग गर्छ ।” बिचौलियाको अन्त्य नगरेसम्म असली किसानले उत्पादन गरेको बस्तुको उचित मुल्य नपाउने उहाँको भनाई थियो ।
सहकारीहरुले आफ्नो सिद्धान्त र नाम अनुसारको काम गर्न सुझाव दिदै मन्त्री बरालले सहकारीमा भएको ठुलो पूंजि हाल पनि तरलता अबस्थामा रहेकोले त्यसलाई उत्पादनशिल क्षेत्रमा लगानी गरेर चलायमान बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो । गण्डकी प्रदेशलाई आन्मनिर्भर बनाउन प्रदेशको आन्तरिक पुंजि समेत बृद्धि गर्नुपर्ने भएकोले प्रदेश बासी अब उद्यमशिल बन्नु पर्ने मन्त्री बरालले बताउनु भयो ।
सहकारीका अध्यक्ष अर्जुन कुमार लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहकारीका बरिष्ठ सल्लाहकार युवराज पराजुली, जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, प्रामर्श सहकारीका अध्यक्ष तोयराज गिरी, रामेश्वर सहकारीका सालिकराम भण्डारी, संस्थाका उपाध्यक्ष देविकुमारी थापा, सचिव जयराज पौडेल, सहसचिव भगवती रेग्मी बराल, यूआरएलका संजिव अर्याल, कान्तिपुर डेण्टलकी सिता श्रेष्ठ, शेयर सदस्य दीपेन ढकाल, रुक्माङगत भण्डारी विश्वास लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्