Pokharapatra National Daily

फेवा सहकारीको प्रशिक्षण कार्यक्रम

फेवा बचत तथा ऋण सहकारी सस्थाको जिरो कि मि मा निर्मित सहकारी भवनमा आश्विन २१ गते देखी नयाँ भवनबाट बैकिङ्ग सेवा संचालन गर्ने लक्ष सहित सहकारीको परिचय र सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो
प्रशिक्षण कार्यक्रममा मिजुरे गा बि स का पुर्ब वडा अध्यक्ष एवं नादान तमु समाजका अध्यक्ष चेत बहादुर गुरुङ्ग को प्रमुख अतिथिमा सम्पन्न कार्यक्रम को पानसमा दिप प्रज्जलन गरि कार्यक्रमको उद्धाटन गर्नु हुदै फेवा सहकारी सस्थाले आफ्नो नया भवन बाट बैकिङ्ग कारोबार शुभारम्भ गर्ने लक्ष्यका साथ फेवा सहकारीको परिचय र सहकारी प्रशिक्षण कार्यक्रम राखी १२ र १३ नं वडालाई लक्षित गरि राखिएको कार्यक्रमले यस भेगका शेयर सदस्य लगायत अन्य सहभागीले समेत सहकारीका बारेमा ब्यबस्स्थित र राम्ररी बुझ्ने गरि तालिम दिनुभएको फेवा सहकारीको उत्तरोततर प्रगतिको कामना गर्नु भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ का संचालक प्रमुख प्रशिक्षक भिम गुरुङ्ग र सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेललै सहकारीका बारेमा जानकारी गराउनु हुदै हामीले बैकमा शेयर हाल्दा थोरै मात्र पाइन्छ तर साहु भईदईन तर सहकारीमा बचत खाता खोल्न समेत शेयर सदस्य बन्नुपर्छ पर्छ र सहकारीमा खाता खोल्यो भने साहु हुन पाउने फरक भएको औंल्याउनु हुदै बैक भनेमा कोहि साहु हुन्छ हामि होइन तर सहकारी भनेको हामि आफै साहु बन्ने जस्ता ऋण लिने, बचत गर्ने, अशुली समेतका बिषयमा बुझ्नेगरि सरल तरिकाले १ सय ५० जना ताई तालिम दिनु भयो । उक्त प्रशिक्षण कार्यक्रममा वडा न १२ र १३ का शेयर सदस्यहरूलाई लक्षित गरि २१ गते देखी नया भबन बाट बैकिङ्ग कारोबार संचालन गरिने कार्यक्रमको जानकारीका साथ भेटघाट तथा प्रशिक्षण कार्यक्रममा फिर्के तमु समाज र फिर्के आमा समूह का पदाधिकारी सदस्य, याङ्जाकोट तमु समाज का अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग लगायत सदस्यहरू, माले पाटन टोल विकास सस्थाका अध्यक्ष निर्मल खत्री, अभियान यसबाट क्लबका अध्यक्ष राजु गिरी, नि बर्तमान अध्यक्ष मोहन के सी, एकल महिला क्लबका अध्यक्ष राजन कुमारी थापा लगायतका हरूले आ आफ्नो बिचार ब्यक्त गर्नु हुदै फेवा सहकारीको कारोबारका बिषयमा चर्चा गर्नुहुँदै आफू र आफ्ना सदस्य र सस्थालाई फेवामा आबद्धता गराउने बचन दिनुभएको थियो ।
उक्त कार्यक्रममा सहकारीका ऋण अशुली उप समितिका सदस्य तिलु गुरुङ्गले स्वागत गर्नुभएको उक्त प्रशिक्षण कार्यक्रममा फेवा बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहकारीका शेयर सदस्य श्याम गुरुङ्गले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्