Pokharapatra National Daily

फेवा सहकारीको अन्तरक्रिया सम्पन्न

फेवा बचत तथा ऋण सहकारी संस्थाको २२ औ साधारण सभा तयारी सम्बन्धि उपसमितिका सदस्यहरूको बाक्लो उपस्थितमा एक कार्यक्रम बीच बार्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
फेवा बचत तथा ऋण सहकारी सस्थाका कार्यबाहक अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा शुभारम्भ गरिएको उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रममा २०७८ आश्विन १२ गते देखि शुभारम्भ गरिने २२ औ साधारण सभा ४ दिनसम्म आफ्नै भवन जिरो किमी फेवा टावरमा १५ गतेसम्म संचालन गरि १६ गते २२औ साधारण सभा सम्पन्न गरिने र असोज २१ गते घटस्थापनाको दिनदेखि नयाँ भवनबाट बैकिङ्ग कारोबार शुभारम्भ गरि बित्तीय कारोबारमा शेयर बितरण, बचत खाता संचालन, फिक्स डिपोजीट र ऋण लगानी केही सहुलियतमा ब्यबस्थापन गरिने कार्य कार्यबाहक अध्यक्ष सम्मर बहादुर श्रेष्ठले जानकारी गराउनुभयो ।
उक्त २२ औ साधारण सभा सम्पन्न तयारी अन्तरक्रिया कार्यक्रममा सस्थाका सचिव दिल बहादुर भट्टराईले संस्थाले आर्थिक बर्ष २०७७÷ २०७८ को सम्पन्न कार्यक्रमको जानकारी गराउनुहुँदै पञ्चबर्षे कार्य योजना प्रस्तुत गर्नुहुँदै पेन्सन योजना, बाल बचत, महिला बचत योजनाका साथ अर्को फेवा कस्तो हुने र गराउनेछ भन्ने बिषयमा सबै उप समितिका सदस्यहरूलाई जानकारी गराउनुभयो । उक्त कार्यक्रममा फेवा सहकारीका प्रमुख कार्यकारी अधिकृत (सि.ई.ओ) हरिभक्त पौडेलले आर्थिक कारोबारका विषयमा जगेडा कोष लगायत सबैकोष मजबुत भए हामी बलियो हुने बताउनुहुदै कास्की जिल्लाकै अरब भन्दा बढि कारोबार गर्ने ७ सहकारी भित्र भएको सबैकोष मजबुत रहेको र अझ सशक्त बनाउदै लैजाने रणनीतिमा लागेको बताउनुहुदै थुप्रै कोषहरूको ब्यबस्थापन गरिएको बताउनु भयो । कार्यक्रम बिशैष अतिथि राम बजार सोसाइटी युकेका सस्थापक अध्यक्ष एवं शेयर सदस्य राम बहादुर गुरुङ, रामबजार सोसाइटी युकेका प्रमुख सल्लाहकार एवं फेवा बचत तथा ऋण सहकारीका सल्लाहाकार महेश गुरुङ, शेयर सदस्यहरूमा घन श्याम अधिकारी, बम बहादुर गुरुङ र दान बहादुर बि क ले सहकारीको सेवा गाउमुखी र सदस्यको हितमा हुनुपर्ने बताउनुहुदै अहिलेको अबस्थामा गाउँ गाउँमा सहकारी मात्रै होइन गाउ ँगाउँमा नै बैक पुगेको ले अझ गाउ मुखी योजना बनाएर जानुपर्ने बताउनु भएको कार्यक्रममा लेखा समितिका सदस्य कृष्ण तिमल्सिनाले सहकारीले गरेका हरेक कार्य राम्रो भएको बताउनु भएको कार्यक्रममा फेवा सहकारीका प्रबन्धक जगन तिमल्सिना कास्की जिल्लाका सहकारी मेनेजर क्लबको संचालकमा चयन हुनुभएकोमा बधाईका साथ सम्मान गरिएको उक्त कार्यक्रममा सहकारीका शेयर सदस्य एवं ऋण लगानि उप समितिका सदस्य श्याम गुरुङको बत्ती र घरमा यसै वर्षको अविरल बर्षाका कारण भएको केहि क्षतिमा मलम लगाउने उद्देश्यले राहत कोषबाट २५ हजार नगद सहयोग हस्तान्तर गरिएको थियो ।
२२औ साधारण सभा सम्पन्न गर्न गठित उप समितिका भेलामा उत्साहित सबैले बोनसका बिषयमा चर्चा गर्नुहुँदै अन्य सहकारी सरह अगाडि बढ्नुपर्ने बिचार राख्नुभएको कार्यक्रममा सहकारीका कोषाध्यक्ष शेर काजी गुरुङले स्वागत गर्नुभएको फेवा बचत तथा ऋण सहकारी सस्थाका कार्यबाहक अध्यक्ष एवं २२औ साधारण सभा मुल समितिका संयोजक सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम फेवा सहकारीका प्रबन्धक जगन तिमल्सिनाले संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्