Pokharapatra National Daily

सुध्रिन नसकेको कर्मचारीतन्त्र

नेपालमा निजामती सेवा ऐन जारी भएको दिन २०१३ साल भदौ २२ गते हो । निजामती ऐन जारी भएको दिनलाई सम्झने मात्र गरिएको थियो । धेरैपछि त्यस दिनको स्मरणमा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो । यस वर्षको १८ औँ निजामती दिवस कोरोना भाइरसका कारण विगतको जस्तो हुन सकेन । यस वर्ष विशेष परिस्थितिमा निजामती दिवस मनाउने शैली फेरिएको छ । संकटका घडीमा पनि निजामती कर्मचारीले आफूलाई प्राप्त दायित्व निर्वाहमा वञ्चित् अविचल रहेको विगतजस्तै कोरोना (कोभिड १९) विरुद्धको राष्ट्रिय प्रतिबद्धतामा निजामती कर्मचारी साझेदार तथा सारथी बनेका छन् । यसबीच कतिपय निजामती कर्मचारी कोरोना संक्रमित भएका छन् तर सेवाप्रवाह र जिम्मेवारी सम्पादनमा कमी हुन दिएका छैनन् ।
यस वर्षको ‘व्यावसायिक र सिर्जनशिल प्रशासन ः विकास, समृद्धि र सुशासन’ नारा नै महत्वपूर्ण सन्देश व्यक्त गरेको छ । बदलिएको राजनीतिक व्यवस्थामा जनताका उर्लंदा आकाक्षा, संविधानले दिएका नागरिक हक तथा अधिकार र वर्तमान सरकारले गरेको समृद्धिको संकल्पलाई कार्यान्वयन गर्ने निजामती प्रशासनले हो । गाउँमा सिंहदरबार पुग्न सक्दैन भनेर संघीयताले गाउँगाउँमा सिंहदरबारको परिकल्पना गरेको छ । त्यसैगरी प्रत्येक नागरिकसम्म सरकार पुग्न नसक्ने भएकाले निजामती कर्मचारीलाई राज्यले सिद्धान्ततः ‘निमित्त सरकार’ मुकरर गरेको छ । यो गरिमा र जिम्मेवारीका साथ स्याथी सरकार मानिने कर्मचारी संस्थाका प्रत्येक सदस्यले सरकारको प्रतिनिधि भएर काम गर्दैछौं भन्ने सोच्नुपर्दछ । अहिले निजामती सेवालाई सेवाग्राहीप्रति उत्तरदायी बनाउनुपर्छ भन्ने बहस सुरु भएको छ । एकजना हाकिमले मुल्याङ्कन गरेर राम्रो ठान्नु भन्दा सेवाग्राहीले मुल्याङ्कन गर्ने परिपाटी बसाल्न सके निजामती सेवा नागरिक प्रति जवाफदेही बन्न प्रेरित गर्दछ ।
निजामती सेवालाई समायानुकुल बनाउन विभिन्न समयमा ऐनमा संशोधन र विभिन्न आयोग गठन गरेर जनतालाई कसरी सहज र सरल तरिकाले सेवा दिन सकिन्छ भन्ने सुझावहरु दिइएको छ । कर्मचारीको सेवालाई कानूनले नै बलियो बनाउन पटक–पटक परिमार्जन भएका छन् । ट्रेड युनियन अधिकार समेत दिइएको छ । तर ट्रेड युनियन अधिकार सेवा भन्दा अधिकारमुखि बढी भएको गुनासा बारम्बार आउने गरेका छन् । प्रदेश र स्थानीय तहमा टे«ड युनियन राख्न नहुने प्रस्ताप पनि आएको छ । यो अवस्था आउनुमा कर्मचारीको पनि हिस्सा छ । निजामती सक्षम नवन्दा सरकारले बनाएका योजना कार्यान्वयमा आउन सक्दैन् । जनताको आकांक्षा बमोजिमको सुशासन दिन सकेमा अहिले कर्मचारी वारे गरिएका आलोचना खण्डित हुने छन । जनतालाई सुशासन दिने कानुनको पालना गराउने काम निजामती सेवाका कर्मचारीहरुको हो । सरकारको काम हेर्दा जनताले सुशासनको प्रत्याभूती गर्न सकेका छैनन् । पुरानो सोचाई मा हुर्केका कर्मचारीले नया संरचनामा आफूलाई ढाल्न सक्नु पर्छ । सरकारको काम कहिले जाला घाम भन्ने गलत मानसिकता हटाउन पनि आफूलाई राष्ट्र सेवकको रुपमा उभ्याउन सक्नुपर्छ ।
पटक पटक कर्मचारीमा गरिने सरुवाले कर्मचारी मात्र होईन सरकार नै प्रभावकारी देखिन सकेको छैन । सकभर पार्टी निकट नभए काम गराउन सजिलो खोज्ने प्रवृत्तिले निजमति सेवा कमजोर बनेको छ । देश संधीयतामा गए सँगै निजामति त्यसअनुसार बन्न सकेको छैन । संघीय निजमति ऐन पारित हुन नसक्दा अझैपनि अन्योलता कायम छ । प्रदेश र स्थानिय तहमा कर्मचारी पठाउन नसक्दा तीनै तहको सरकारको काम हुन सकेको छैन । समयमै कर्मचारी समायोजन हुन नसक्दा ‘जुन जोगी आए पनि कानै चिरेको भन्ने’ जस्तै अवस्था अहिले छ । सिंहदरबारको अधिकार गाउघरमा भन्ने नारा जनता झुक्याउने भएका छन् । प्रदेश र स्थानीय तहमा निजामति कर्मचारी जान नरुचाउने अवस्था राम्रो हैन । हाम्रो कर्मचारीतन्त्र व्यावसायिक बन्ने सकेन जो सरकार आयो उसैको चाकडी गर्नु व्यवसायीक मानिन थालेको छ । लोक सेवा कसरी पास गर्ने भन्नेमा सफल भएपनि सिर्जनशिल तरिकाले प्रशासन चलाउन सक्ने उत्पादन गर्नु अहिलेको खाँचो हो । सरकारले सम्वृद्धि र विकासका नारा अघि सारेको छ । त्यसलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्रले सुशासान दिन सकेन भने नारा देखाउनका लागि मात्र हुन्छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...