Pokharapatra National Daily

कुँडहरमा पानी पँधेरो डिपार्टमेन्ट संचालन

भान्छा कोठामा दैनिक कार्य गर्नुहुन्छ ? खानेकुरा सकियो भने अव पिर नमान्नुहोस । वडा नं १३ स्थित विपी मार्गमा शनिवार पानी पँधेरो डिपार्टमेन्ट स्टार्स खुलेपछि तपाइको भान्छाको समस्या हट्ने भएको हो ।
आठौ शाखा संचालन पछि कुँडहर वासीलाई खाद्यान्न मात्र नभै घरमा आवश्यक पर्ने धरै सरसमान होम डेलिभरिको व्यवस्था पनि गरिने प्रालिका शेयर सदस्य अमृत कार्कीले पोखरापत्रलाई बताए । पोखरामा बगर, बिरौटा, हरिचोक, काहुँखोला, नागढुङा, लेखनाथ अर्घौमा पानी पँधेरो संचालन भइरहेको सदस्य कार्कीले भने ।
आठौ शाखाको वडा अध्यक्ष दर्शन लामाले उद्घाटन गर्दे पानी पँधेरोको शाखा पोखरामा मात्र नभै नेपाल भरी शाखा स्थापना होस भनी शुभकामना दिए । कुँडहर वासीलाई सस्तो भन्दा सस्तो गुणस्तर युक्त सामन विक्री वितरण गर्नेुपर्ने अध्यक्ष लामाको जोड थियो । कुँडहर शाखामा दैनिक उपभोग सामाग्रीहरु कस्मेटिक आइटमहरु, पेय पदार्थहरु, गिफ्न तथा बच्चाका खेलौनाहरु राखिएको छ । पानी पँधेरो प्रालिका अपरेशन मेनेजर दिवेन भट्टराईले कुँडहरवासीलाई टाडा सामान किन्न जानु पर्ने झन्झट हट्ने जानकारी दिए । पानी पँधेरो प्रालिका अध्यक्ष कुलदिप भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिका मानव संसाधन विभागगका प्रमुख धर्मराज गरुङले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्