Pokharapatra National Daily

सराङकोटमा गणेश मन्दिर निर्माण हुने

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा १८ को सराङ्कोटमा हाल निर्माण हुन लागेको गणेश मन्दीर सहितका अन्य भौतिक संरचना निर्माणको लागि सहयोग गर्ने बताएका छन् ।
२३ लाख ७५ हजारको लगानीमा निर्माण हुने गणेश मन्दीरको शनिबार शिलन्यास गर्दै मन्त्री बरालले सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन गर्न मन्दीर सहित थप भौतिक संरचना निर्माणमा समेत आफ्नो क्षेत्रबाट विशेष पहल गर्ने बताए ।
सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने मन्त्री बरालले जनाए । अर्थ मन्त्रीमा पदभार गरेको भोलि पल्ट पहिलो औपचारिक कार्यक्रममा सहभागी हुदै मन्त्री बरालले सराङकोटबासीले आफु प्रति देखाएको सदभावले आफुलाई थप जिम्मेवार बनाएको जनाए । सकेसम्म छिटो छरितो ढंगले धार्मिक पर्यटकीय गन्तव्यहरुको भौतिक संरचना निर्माणमा जुट्नु पर्ने उनको भनाई थियो ।
यसैबिच मन्त्री बराललाई सराङकोटको ग्यारजातिमा भिरकुटी आमा समुह सहितका स्थानीयले खानेपानीको समस्याको बारेमा जानकारी गराउदै बधाई ज्ञापन गरेका थिए । समितिले समेत मन्त्री बराललाई फुलमाला र खादा लगायर कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरेका थिए । सराङकोट धार्मिक तथा पर्यटकीय बृहत गुरुयोजना अन्तर्गत निर्माण गरिने गणेश मन्दिरको शनिबार शिलान्यास गरिएको सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जिसीले बताए । करिब साँढे ३ बर्ष अघि राम बहादुर थापाले महायज्ञ गर्दा संकल्प गरेको ११ लाख सहित हाल २३ लाख ७५ हजार मुल्यको लगानीमा उक्त मन्दीर निर्माण गर्ने भएको बताए । उनका अनुसार ३÷४ महिनामा गजुर सहित तीन तले मन्दीर निर्माण हुन्छ । सराङकोटको बृहत योजना अन्र्तगत हालसम्म करिब २० करोडको केही काम भएको बाँकी करिब २५ करोडको काम बाँकी रहेको समितिले जनाएको छ । समितिले भ्यूटावर, गणेश मन्दीर, हुमन कुण्ड सहितका भौतिक संरचना बनाउनै छ । मानव बस्ती बसेदेखिको ऐतिहासिक स्थलको रुपमा रहेको सराङकोट भूमि कालिका मन्दिर विगत १५ बर्ष अघि शिव मन्दिरको अवधारण अघि सारिएको अध्यक्ष जिसीले जनाए । पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले सडक, खानेपानी पूर्वाधार सहित पर्यटकीय पूर्वाधार निर्माणमा अझै लगानी गर्नुपर्ने बताए । शिव मन्दिरका लागि १० करोड लगानी हुने अनुमान समितिको छ भने भ्यू टावर निर्माणका लागि हालसम्म प्रदेश सरकारबाट विभिन्न चरणमा ९० लाख लगानी भएको बताइन्छ । बहुउद्देश्यीय सभाहल निर्माण सकिएको छ । सभाहलमा तीन वटा हल, गुरु तथा अतिथिहरुका लागि पाँच वटा कोठा छन् । यसैगरी सभाहलको माथिल्लो तलालाई संग्रहालयको रुपमा विकास गर्ने योजना रहेको पूर्वाधार निर्माण समितिका सचिव कृष्ण थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्