Pokharapatra National Daily

चर्चीत कलाकार प्रकाश (दिलु) गन्धर्व पोखराको फेवाताल किनारमा सारङ्गी रेट्दै

चर्चीत कलाकार प्रकाश (दिलु) गन्धर्व यति वेला गृह नगर पोखराको फेवाताल किनारमा सारङगी रेट्दै आउनु भएको छ । शनिबारदेखि पोखराको फेवातालमा ढुंगा सयर गर्न सुरु भएसंगै आन्तरिक पर्यटकको समेत चहल पहल सुरु भएकोले उनले मंगलबारदेखि फेवातालको फुट ट्याकमा सारङगी रेट्न सुरु गरेका हुन् ।
विगत ८ बर्ष अघि बीबीसी नेपाली सेवाको कथा मिठो सारङगीको कथा नाटकमा दिलु गन्धर्वको भूमिका खेल्नु भएका पोखरेली कलाकार प्रकाशको हिजोआज सायद कोरोनाले गर्दा आफ्नो दिन चर्या विताउन यसरी सार्वजनिक स्थलहरुमा पुगेर सारङगी रेट्दी गित प्रस्तुत गर्दै आउनु परेको हो । कोरोनाले गर्दा कलाकार गन्धर्वसंग हाल एउटा मोवाइल किन्ने समेत पैसा नभएको गुनासो गर्नु भएको छ । आफुलाई कत्तैबाट रकमको जोहो भएमा आफ्नो कलाकृति संस्थागत गर्ने गरी विभन्नि माध्यमबाट बाहिर ल्याउने योजना भएको समेत कलाकार गन्धर्वले बताउनु भयो । फेवातालको किनारामा सारङगी रेट्दै गर्नुभएका कलाकार प्रकाश गन्धर्व १० बर्षदेखि सारङगी वोकेका उनले विगत एक दशक काठमाडौंमा विभिन्न नाटक तथा फिल्ममा समेत कलाकारको भूमिका खेलेका उनी विगत केही समयदेखि पोखरामा रहेका छन् । कथा मिठो सारङगीको कथाका निर्देशक खगेन्द्र लामिछानेका अनुसार प्रकाश राम्रो कलाकार हुन् । उनले सृजना गरेको गित र उनले प्रस्तुतः गरेको सारङगीले धेरैलाई प्रभावित पार्ने उनले जनाए । विगत ७ बर्षसम्म संगै काम गरेकोले तत्कालिन अबस्थामा बिबिसी सेवाबाट उनले राम्रो आम्दानी गर्न सफल भए पनि हाल विगत दुई बर्षदेखि कोरोनाले गर्दा उनी सहित अन्य कलाकारलाई आफ्नो ज्ञान सिप भए पनि त्यसबाट बाच्न कठिन हुन थालेको खगेन्द्रले जनाए । वास्तविक कलाकारको रुपमा रहेका प्रकाशको साङगितीक क्षेत्रमा छुट्टै पहिचान बनाएको चलचित्र निर्देशक एवं बरिष्ठ कलाकार माउत्से गुरुङले बताए ।

प्रतिकृया दिनुहोस्