Pokharapatra National Daily

पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गरौं–शर्मा

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीलाई केन्द्र बिन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताएका छन् ।
३९ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले बुधबार भलाममा आयोजना गरेको वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताएका हुन् । उनले प्रजातन्त्रमा मात्रै सबैको आदर र सम्मान हुने उल्लेख गरे । कम्युनिष्टले मुलुकलाई धेरै बिगारेको आरोप लगाउँदै उनले मुलुक र जनताका लागि काँग्रेसले इमान्दारपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
नेता शर्माले वीपीले देश, प्रजातन्त्र र व्यत्तिको सर्वाेच्चताका लागि पु¥याएको योगदान सदैव स्मरणीय रहने बताए । उनले पार्टीको अधिवेशनमा काँग्रेस र प्रजातन्त्रको पक्षमा लाग्नेलाई नेतृत्वमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याए । नेपाली काँग्रेसका महासमिति सदस्य सोभियतबहादुर अधिकारीले अहंकारका कारण कम्युनिष्ट पतन भएको बताए ।
महिला नेतृ बृन्दादेवी रानाले काँग्रेस नेतृत्वको सरकारले जनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन । महासमिति सदस्य देवराज चालिसेले पार्टी भित्र व्यक्तिवादी प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरे । गण्डकी प्रदेश सभा सदस्य विन्दु थापाले जनताका काममा आफू प्रतिवद्व भएर काम गरिरहेको बताए । नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीका सभापति कृष्ण कोइरालाले पार्टीका लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा महासमिति सदस्यहरु गुरु बराल, गिरिराज गौतम, ऋषि काफ्ले, केशर निर्दाेषी, वीरेन्द्र नारायण बिजुक्छे, पूर्व क्षेत्रीय सभापतिहरु शोभाचन्द्र बराल, निर्मल प्रसाद कर्माचार्य, कास्की काँग्रेसकी सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल, सदस्य मुकुन्द बास्तोला ‘ज्वाला’, नेपाली काँग्रेस क्षेत्र नं २(क)का सभापति विजयराज आचार्य, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल, पूर्व केन्द्रीय सदस्य आनन्दी राणा, पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछाने, वडा नं ११ का वडा अध्यक्ष मोहन बास्तोला, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य देवकृष्ण पराजुली, नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा ७ का सभापति नवीन बराल र २० का सभापति तिल बहादुर गुरुङले बोलेका थिए ।
नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला‘मधु’ को अध्यक्षतामा भएको कार्यक्रम २(ख)का सभापति दिपेन्द्र मर्सानीले संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्