Pokharapatra National Daily

खहरे आमा समुहद्वारा प्रकाशित स्मारिका बिमोचन

पोखरा महानगरपालिका वडा नं ६ खहरेमा २०७० सालमा स्थापना भएको खहरे आमा समुहद्वारा प्रकाशित स्मारिका खहरे दर्पण शनिबार एक कार्यक्रम गरि बिमोचन गरिएको छ ।
खहरे दर्पणको बिमोचन गर्दै गण्डकी प्रदेशका सांसद राजिव पहारीले खहरे आमा समूहले निकै उत्कृष्ट सामाजिक काम गर्दै आएको बताउँदै संस्थाको बहुउद्देश्यीय भवनको स्तर वृद्धि गर्न संसद बिकास कोष र नगरपालिकाबाट रकम जुटाउन पहल गर्ने बताए । पोखरा ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले आफ्नो संस्थाले गरेका गतिविधि संकलन गरेर पुस्तक प्रकाशिय गर्दा अन्य समुह र आफ्नै पुस्ता लाई पनि प्रेरणा मिल्ने बताउनु भएको थियो ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष बिष्णुहरि अधिकारी, तेज नारायण पराजुलीले आमा समुहले स्थापना देखि नै अत्यन्तै उत्कृष्ट कार्य गर्दै आएको र ती काम हरुलाई पुस्तकको रुप दिनु अत्यन्तै अनुकरणीय काम भएको बताए । खहरे दर्पणका प्रधान सम्पादक लक्ष्मण थापाले पुस्तक प्रकाशनका चुनौतीहरु र पुस्तकले भाबी सन्ततिलाई प्रेरणाको श्रोत हुनुका साथै पठन संस्कृतिको बिकास हुने साथै स्मारिकाले अन्य समुह हरुले पनि अनुकरण गर्ने बताउनु भयो । समूह स्थापना देखि हालसम्म समूहले गरेका सामाजिक गतिविधि समेटेर उक्त खहरे दर्पण प्रकाशित गरिएको हो । समुहकि संस्थापक सहसचिव रमा लामिछानेले स्वर्गीय आमा पबित्रा लामिछानेको १६ औं दिनको पुण्य तिथिमा तामाको गाग्री र अंखोरा संस्थालाई प्रदान गर्नु भएको थियो । समुहकी अध्यक्ष मैयाँ भट्टराई थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव भागिरथी थापा र स्वागत उपाध्यक्ष सावित्री तिमिल्सिनाले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्