Pokharapatra National Daily

पृथ्बी राजमार्ग बस संचालक कम्पनीले लामो दुरीका बसहरु संचालन गर्ने तयारी

पृथ्बी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले लामो दुरीका यात्रु बाहक सवारी साधन (बस) संचालन गर्ने तयारी गरेकोे छ ।
कास्कीमा निषेधाज्ञा भएको अबस्थामै कम्पनीले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्ना मजदुरको रोजीरोटी र व्यवसायको संरक्षण गर्न आफुहरु बाध्य भयर यही असार ३० देखि सवारी साधन संचालन गर्न लागेको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए ।
असार ३० बाटै टिकट काउण्टर खुल्ला गरिने यदि प्रशासनले आफुहरुलाई कुनै सिमित सवारी साधन संचालनको अनुमति दिएमा त्यसको आधारमा आफहरुले सवारी साधन संचालन गर्ने अन्यथा अब सवारी साधनहरु घर ग्यारेज गरेर बस्न सक्ने अबस्था नरहेको अध्यक्ष केसीले दाबी गरे । आफ्नो कारणले मात्र कोरोना शंक्रमण नबढ्ने दाबी गरेका अध्यक्ष केसीले ७२ सिटे हवाई जहाजमा कोरोना नसर्ने, निजी सवारी साधनमा कोरोना नसर्ने तर कालो प्लेटका सवारी साधनमा मात्र कोरोना सर्ने यो कस्तो बुझाई हो भन्दै सरकार प्रति प्रश्न समेत गरेका छन्।
उनले भने “यो निर्णय हाम्रो कुनै रहरले नभई दैनिक रोजीरोटीको व्यबस्था गर्न गरिएको अप्रिय निर्णय हो, यसपाली हाम्रा मजदुरले कसैबाट राहत पाउन सकेनन् ।” सरकारको नियम विपरित तपाईहरु जादै हुनुहुन्छ सरकारले पक्राउ गरे के गर्नु हुन्छ भन्ने प्रश्नमा आफुहरुले सहज ढंगले गिरफ्तारी दिन तयार रहेको केसीले जनाए । आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी आफुहरुले प्रशासन, गण्डकी प्रदेश सरकारसंगलाई ज्ञापन पत्र बुझायर सवारी साधन संचालन गर्ने उनले जनाए । कम्पनीमा हाल करिब १ हजार ४ सय वटा विभिन्न प्रकारका लामो तथा छोटो दुरीमा संचालन हुने सवारी साधनहरु रहेको उनले जनाए । कम्पनीमा हाल ७ हजार २ सय जसो मजदुर, व्यवसायी र कर्मचारी रहेको कम्पनीको दाबी छ । दोश्रो लहरको कोरोनाको कारणले गर्दा करिब १० प्रतिशत जसो व्यवसायीहरु पलायन भएको अध्यक्ष केसीले दाबी गरे । उनले भने “अझै व्यवसायीहरु पलायन हुने अबस्था आउन सक्छ, अधिकांश व्यवसाय तथा मजदुरहरु बाध्यकारी रुपमा पेशा परिवर्तन गरी निर्माण कार्यमा लाग्न थालेका छन् ।” बैंक तथा विक्तिय संस्थाले दैनिक रुपमा व्यवसायीहरुलाई आतंकित बनाएको केसीले जनाए । बिमा कम्पनीले लकडाउनमा छुट नदिएको उनको गुनासो थियो । राज्यले मध्यम तथा लामो दुरीका सवारी साधनहरु संचालन गर्दा कोरोना शंक्रमण बढ्छ भन्ने तथ्यगत आधारविना पेशा व्यवसायमा रोक लगाउनु न्यायसंगत नभएको अध्यक्ष केसीको दाबी छ ।
सुदुर पश्चिम र दाङमा लामो दुरीका सवारीसाधन संचालन भएको बताउदै उनले यस क्षेत्रमा सवारी साधनहरु संचालन गर्न अनुमति दिनुपर्ने माग गरे । पेटा«ेलिय पदार्थको मुल्य बृद्धि भएकोले त्यसको आधारमा राज्यले समयमै भाडा समायोजन समेन नगर्दा आफुहरु मर्कामा परेको केसीले जनाए । यातायाता मजदुरलाई राज्यले कोरोना बिरुद्धको खोप लगाउने बिषयमा कुनै वास्ता समेत नगरेको व्यवसायीले गुनासो गरे ।
दोश्रो चरणको कोरोना शंक्रमण को कारण वैशाख १६ गते देखि सुरु भएको बिषेधाज्ञा कास्कीमा अझै जारी भएकोलेले बजारमा धेरै क्षेत्र खुल्ला भएको अबस्थामा अब लामो दुरीका सवारी साधनहरुलाई समेत खुल्ला गर्नुपर्ने कम्पनीका संस्थापक अध्यक्ष ऐन कुमार शाहीले बताए । यसैबिच, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले यदि कसैले कास्कीमा निषेधाज्ञा अवेज्ञा गर्दै सवारी साधन संचालन गरेमा पक्राउ गरी कारवाही गर्ने चेतावनी दिएका छन्। कास्कीमा आउदो साउन ५ गतेसम्मको लागि सेमि निषेधाज्ञा जारी भएको छ ।

प्रतिकृया दिनुहोस्