Pokharapatra National Daily

पोखरा रानीपौवाको एक घरमा आगलागी

पोखरा महानगरपालिका ११ रानीपौवा चोकको एक घरमा आइतबार साँझ लागेको आगो करिब ३३ मिनेटमै नियन्त्रणमा आएको छ ।
पोखराका युवा व्यवसायी इश्वर कर्मचार्य, कल्याण कर्मचार्य सहितको घरमा लागेको आगो सुरक्षाकर्मी, पोखरा महानगरपालिकाको दमकल र स्थानियको साथ र सहयोगले उक्त आगोलाई ३३ मिनेटमै नियन्त्रणमा लिन सफल भएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. सुवास हमालले बताए । साँझ आफुहरुलाई आगलागी भएको खबर पाउन साथ दमकल सहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीलाई तत्काल खबर गरी आफुहरु आगो नियन्त्रणमा जुटेको हुदा समयमै आगोलाई नियन्त्रणमा लिन सफल हुदा थप जोखिम हुनबाट बचाउन सकिएको उनले बताए ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पोखरा महानगरको दमकल सहित केही कर्मचारीको संयुक्त प्रयासबाट र पानीको फोहोरा आगलागी भएको ठाँउमा सहज ढंगले पुराउन सहज भएकोले गर्दा आगो नियन्त्रणमा सहज ढंगले भएको घर धनी इश्वर कर्मचार्यले बताए । उनले भने “हामीहरुको पुरानो घर हो, हाम्रो ६ दाजु भाइको यस घरमा हाल ४ जनालाई घरमा कुरुवाको रुपमा बस्न दिएका थियौं तर आज उनीहरु कै कारण आज घरमा आगलागी भयो, धन्य मानविय र हाम्रो ठुलो क्षति भने भएन यद्यपी पुरानो मोडलको झ्याल ढोका सहितका केही बस्तु भने क्षति पुग्यो ।
कर्मचार्यको घरमा बसेकाले चिया बसालेर बाहिर आएको कारण घरमा अगलागी भएको हुन सक्ने कर्मचार्यको दाबी छ । कर्मचार्यको घरमा बसेकाहरुको भने खाद्यन्न र लक्ता कपडा समेत आगोमा जलेर नष्ट भएको उनीहरुले गुनासो गरेका छन् । कर्मचार्य परिवारले २०१६ सालमा निर्माण गरेको १२ कोठे ठुलो र लामो घरको संरचना रानीपौवा पेट्रोल पम्पको भवनसंगै लगभग जोडिएको अबस्थामा रहेको छ । उक्त घरमा लागेको आगो अन्य घर बस्ती जोडिएकै अबस्थामा धेरै नै भएको र पम्प समेत नजिकै भएकोले समयमै आगो नियन्त्रण गर्न सफल हुदा थप जोखिम हुनबाट बचाउन सकिएको पेट्रोल पम्पका संचालक एवं पेट्रोलियम डिलर्स एशोसियसन गण्डकी धौलागिरीका अध्यक्ष राजन गंगजुले बताए । आगो लागेको दृश्य अवलोकन गर्न त केही आगो नियन्त्रण गर्न एकै छिनमा ठुलो संख्यामा मानिसहरुको भिडभाड भएको थियो ।

प्रतिकृया दिनुहोस्