Pokharapatra National Daily

पाँचौ पोखरा स्पोर्टस् अवार्डबाट पार्वती र नविन नगद दुई लाख सहित सम्मानित

लाइभ टाइम अचिभमेन्ट अवार्डबाट भने रन्जित सम्मानित

 

पाँचौ पोखरा स्पोर्टस् अवार्डको उपाधि कराँतेका नवीन रसाइली र महिला तर्फ तेक्वान्दोकी पार्वती गुरुङले उपाधि हात पार्न सफल भएका छन् ।
खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रंगशालाको व्याडमिन्टन हलमा शुक्रबार सम्पन्न भएको पाचौं संस्करणको पोखरा स्पोर्टस् अवार्डबाट रसाइली र गुरुङ उक्त उपाधिको साथमा नगद दुई÷दुई लाख सहित सम्मानित भएका हुन् ।
२३ वर्षीय रसाइली १३ औं सागका स्वर्णधारी हुन् उनी नेपाल प्रहरीमा कार्यरत छन् । यस्तै, लमजुङकी २६ वर्षीया पार्वतीले १३ औं सागमा एक स्वर्ण र १ कास्य पदक जितेकी थिइन् ।
वर्ष उत्कृष्ट पुरुष विधामा रसाइली सहित विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) बाट छनौटमा परेका थिए भने वर्ष खेलाडी महिलामा पार्वती गुरुङ (तेक्वान्दो) सहित जमुना थापा (साइक्लिङ), प्रशंसा क्षेत्री (तेक्वान्दो) उत्कृष्ट ३ मनोनयनमा परेका थिए । त्यसै गरी लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याएका केशव रञ्जित (आनन्द) सम्मानित भएका हुन् । उनलाई सम्मानपत्रको साथमा चाँदीको करुवा समेत प्रदान गरिएको छ । पोखरा नदीपुर निवासी आनन्दले पोखराको फुटबल विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै मन्ञले सम्मान गरेको हो । उक्त अवार्ड अन्र्तगत उदियमान खेलाडीमा पौडीकी दुवाना लामा सम्मानित भएकी छन्। उदीयमान तर्फ लामा सहित प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) बाट मनोनयनमा परेका थिए । उत्कृष्ट प्रशिक्षकमा बक्सिङका सुरेश मल्ल ठकुरी सम्मानित भएका छन् । उत्कृष्ट प्रशिक्षकको विधामा मल्ल सहित आनन्द कुँवर (पौडी) र किरण श्रेष्ठ (फुटबल) मनोनयनमा परेका थिए । यसैबिच उत्कृष्ट खेल पत्रकारबाट यस वर्ष दुई जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सन्देस श्रेष्ठ र केशव पाठक रहेका छन्। त्यसै गरी वर्ष उत्कृष्ट खेल संघबाट यस बर्ष जिल्ला आर्चरी संघ उत्कृष्ट खेल संघ बाट सम्मानित भएको छ ।
विजेता खेलाडी एवं प्रशिक्षकहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेश सांसदहरु कृष्ण थापा, दीपक कोइराला, मीना गुरुङ, राखेपका सदस्य राजेश गुुरुङ, गण्डकी खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङ, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, पोखरा महानगरका उपमेयर मन्जुदेवि गुरुङ, पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल, सरिता तिमिल्सिना, महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, जिल्ला अध्यक्ष विमला भण्डारी, लगायतले पुरस्कार वितरण गरेका थिए । खेलाडी छनोटका लागि मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।
वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई जनही ३५ हजार, समानपत्र, ट्रफी र दोसल्लाबाट सम्मान गरिएको मञ्चले जनाएको छ । अघिल्लो बर्ष कोरोनाले गर्दा स्थगित भएको उक्त अवार्ड यस बर्ष भने सेमि भर्चुअल रुपमा २०७६÷७७ को रुपमा सम्पन्न गरिएको उपाध्यक्ष रन्जन अधिकारीले बताए । साथै मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको महासचिव विजय नेपालले बताए । खेलाडी एवं प्रशिक्षकहरुले विभिन्न प्रतियोगितामा गरेको प्रर्दशनको आधारमा उक्त अवार्डबाट उत्कृष्ट छनौट गरिएको मञ्चको दाबी छ ।
सो अवसरमा हास्य कलाकार दीपक थापाले हास्य प्रहसन गरेका थिए भने नेपाल मुआथाई र क्यूकोसिन फुलकन्ट्याक्ट कराँतेका खेलाडीले डेमो प्रस्तुत गरेका थिए । साथै एसके डान्स म्यूजिक सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्