Pokharapatra National Daily

औपचारिकतामा धान दिवस

नेपालमा असार १५ लाई धान दिवस मनाउन थालेदेखि चामलको आयात बढ्दै गएको छ । नेपाल ४० वर्ष अघि चामल निर्यात गर्ने देशमा थियो । नेपालको मौलिक र रैथाने खेती प्रणालीलाई तहस नहस पारे पछि चामल आयात गर्ने मुलुकमा पर्न थालेको छ । नेपालको कृषि नीति देशलाई अघि बढाउने भन्दा विदेशी अनुदान लिने, घुमफिर गर्ने र प्रोजेक्ट चलाउनेमा सिमित हुन पुग्यो । कृषिमा सरकारले केही अनुदानको व्यवस्था गर्न थालेको छ । सारकारले दिने अनुदान प्रस्ताव बनाउन जान्नेले पाउने तर काम गर्न नआउने अवस्था छ । जसले काम गर्छ उसले प्रस्ताव बनाउन सक्दैन । जसलाई दिन पर्ने हो उसले नपाउने जसलाई नदिए हुन्छ उसले पाउने अवस्था विद्यमान छ ।
कोरोनाले गर्दा कृषि नै बाच्ने मूलआधार हो भन्ने देखिएको छ । विदेशबाट बेरोजगार भएर आएका र देशभित्र रोजगारी गुमाएकाहरुले कृषिमा आउने आकालन गरेर नीति र कार्यक्रमहरु बनेका छन् । बजेटमा पनि कृषिमा केहि बढोत्तरी भएको छ । जति हुन पर्ने हो त्यो हुन सकेको छैन । कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम बन्न नसकेसम्म अवस्था फेरि पनि आयात मै निर्भर हुनसक्छ । गाउँमा काम गर्ने जनशक्तिको अभावमा पाखोवारी खाली छन् । नेपाल कृषि प्रधान देश भएको हुँदा अझैपनि धेरै जनसंख्या कृषिमा आश्रित छन् । नेपालको अर्थतन्त्रमा कृषिको योगदान विस्तारै कम हुंदै गएको छ । कृषिवालीमा सवैभन्दा मुख्य धान भएको हुँदा अर्थतन्त्रमा यस्को अंश उल्लेख्य छ । नेपालमा १३० जातका धान सुचित छन।धानको धेरै जात हुनु फरकफरक स्वादको माग हुनु ह।देशको अर्थतन्त्रमा धानको योगदान १ खर्व रहेको अनुमान छ । खाद्यन्नको रुपमा चमल नै मुख्य हुँदा उत्पादन वृद्धिले ठूलो अर्थ राख्ने गरेको छ ।
नेपालले असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ । दिवस अवसर पारेर नेता र उच्च पदाधिकारी लगाएर रोपाईँमा सामेल भएको देखाउने गरेका छन् । केहि वर्षदेखि सहरबजारका युवापिंढिका लागि असार १५ हिलोमा खेल्ने मनोरञ्जनको साधन वनेको छ । रोपाईँको महत्वभन्दा हिलोमा खेलेर रमाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गतिलो औजार भएको छ । आफ्नो खेतवारी बाँझो राख्ने, बाबुआमालाई नसघाउने पनि १ दिन हिलोमा टेकेर कृषिकर्मप्रति लागेको देखाउने गरेका छन् । वस्तविकता भन्दा देखावटिका लागि दिवस बन्ने गरेका छन् । धान दिवस मनाएपछि कति उत्पादन बढ्यो भन्ने कुनै तथ्याङ्क कृषि मंत्रालयले दिने गरेको छैन् । तथ्याङ्कका आधारमा नीति बनाउनुभन्दा हचुवाका भरमा लक्ष्य तोक्ने र हचुवाकै भरमा प्रचार हुने गरेको छ । धानको उत्पादकत्व बढाउनका लागि बनाइएका योजना वास्तविकतासँग मेल खान्छन् कि खाँदैनन् भनेर कहिल्यै समिक्षा हुँदैन् ।
धानमा आत्मनिर्भर हुने घोषणा गरिएको छ । त्यसका लागि बनाइएका योजना, काम गर्नसक्ने जनशक्ति तयार नभएसम्म कार्यान्वयनमा आउन सक्दैन । नेपालमै श्रम गरेर जीवन धान्न सकिन्छ र त्यसवाट केहि नाफा पनि हुन्छ भन्ने सन्देश युवा शक्तिमा प्रवाह गर्न सक्नु पर्दछ । कृषिमा गरेको लगानिको प्रतिफल पाउने अवस्था छैन् । जति काम गरेपनि अवस्था उस्तै रहेपछि मोह भंग हुनु स्वभावीक हो । जमिनको खण्डीकरण, खेतीयोग्य जमिनमा घर घडेरी, सिचाईको अभावलाई कारण देखाएर पनि सवैभन्दा अपहेलित किसान वनेसम्म कृषिमा सुधार आउंदैन । आफ्नो श्रमको मुल्य आफैले तोक्न नपाउने अभागी कृषक भएसम्म जति भाषण गरेपनि कृषिवाट युवाशक्तिको पलायन रोक्न सकिंदैन् ।
तराई र ठूला फाँटमा आधुनिक प्रविधिले गर्दा खेती गर्न सजिलो र कम समयमा सकिने अवस्था छ । पहाडमा भने जनशक्ति र प्रबिधिको अभावमा जमिन बाँझै रहेका छन् । काम गर्ने जनशक्ति वैदेशिक रोजगारीमा गएको र शहर बजारमा बसाइँसराइका कारण खेती गर्ने जनशक्तिको अभावमा जमिन बाँझो रहने गरेको छ । सरकारले स्वदेशमै रोजगारी दिन नसक्दा र स्वदेशमा भन्दा बिदेशमा नगई जीवन चल्दैन भन्ने मानसिकता छ । सरकारले कृषिमा दिएको अनुदान कृषकसम्म पुग्न सकेको छैन । कृषिमा आधुनिक प्रबिधि भित्र्याउन थालिएको छ।आधुनिक प्रबिधिको प्रयोगले थोरै जनशक्तिले धेरै काम गर्न सक्ने भएको छ।समयमै मनसुन शुरु भएको कारण धान रोपाइँ भएको छ । बाढी र पहिरोले गर्दा खेतीयोग्य जमिन बगाएको छ।बाढी, पहिरो र डुबानको चुनौती खडा भएको छ।मौसमले साथ दिएको हुँदा रोपाइँ धमाधम भए पनि अतिवर्षाबाट हुने क्षति कम गर्न किसानलाई सल्लाह दिनु आवश्यक छ । कृषि नै धन हो भन्ने भावना जागृत गराउन सकेमा नेपाल केही वर्ष पछि धानमा आत्मनिर्भर हुन सक्छ । धान दिवस मनाउनु भनेको हिलोमा खेल्ने मात्र होईन । धानको महत्व बुझाउने, कृषि पेशा सम्मानित पेशा हो भन्ने सन्देश दिनु पनि हो । जसले अन्न उत्पादन गर्छन तिनै हाम्रा देवता हुन भन्ने सन्देश दिन सकेमा मात्र राष्ट्रिय धान दिवस मनाएको सार्थकता रहनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...