Pokharapatra National Daily

औपचारिकतामा धान दिवस

नेपालमा असार १५ लाई धान दिवस मनाउन थालेदेखि चामलको आयात बढ्दै गएको छ । नेपाल ४० वर्ष अघि चामल निर्यात गर्ने देशमा थियो । नेपालको मौलिक र रैथाने खेती प्रणालीलाई तहस नहस पारे पछि चामल आयात गर्ने मुलुकमा पर्न थालेको छ । नेपालको कृषि नीति देशलाई अघि बढाउने भन्दा विदेशी अनुदान लिने, घुमफिर गर्ने र प्रोजेक्ट चलाउनेमा सिमित हुन पुग्यो । कृषिमा सरकारले केही अनुदानको व्यवस्था गर्न थालेको छ । सारकारले दिने अनुदान प्रस्ताव बनाउन जान्नेले पाउने तर काम गर्न नआउने अवस्था छ । जसले काम गर्छ उसले प्रस्ताव बनाउन सक्दैन । जसलाई दिन पर्ने हो उसले नपाउने जसलाई नदिए हुन्छ उसले पाउने अवस्था विद्यमान छ ।
कोरोनाले गर्दा कृषि नै बाच्ने मूलआधार हो भन्ने देखिएको छ । विदेशबाट बेरोजगार भएर आएका र देशभित्र रोजगारी गुमाएकाहरुले कृषिमा आउने आकालन गरेर नीति र कार्यक्रमहरु बनेका छन् । बजेटमा पनि कृषिमा केहि बढोत्तरी भएको छ । जति हुन पर्ने हो त्यो हुन सकेको छैन । कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम बन्न नसकेसम्म अवस्था फेरि पनि आयात मै निर्भर हुनसक्छ । गाउँमा काम गर्ने जनशक्तिको अभावमा पाखोवारी खाली छन् । नेपाल कृषि प्रधान देश भएको हुँदा अझैपनि धेरै जनसंख्या कृषिमा आश्रित छन् । नेपालको अर्थतन्त्रमा कृषिको योगदान विस्तारै कम हुंदै गएको छ । कृषिवालीमा सवैभन्दा मुख्य धान भएको हुँदा अर्थतन्त्रमा यस्को अंश उल्लेख्य छ । नेपालमा १३० जातका धान सुचित छन।धानको धेरै जात हुनु फरकफरक स्वादको माग हुनु ह।देशको अर्थतन्त्रमा धानको योगदान १ खर्व रहेको अनुमान छ । खाद्यन्नको रुपमा चमल नै मुख्य हुँदा उत्पादन वृद्धिले ठूलो अर्थ राख्ने गरेको छ ।
नेपालले असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ । दिवस अवसर पारेर नेता र उच्च पदाधिकारी लगाएर रोपाईँमा सामेल भएको देखाउने गरेका छन् । केहि वर्षदेखि सहरबजारका युवापिंढिका लागि असार १५ हिलोमा खेल्ने मनोरञ्जनको साधन वनेको छ । रोपाईँको महत्वभन्दा हिलोमा खेलेर रमाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गतिलो औजार भएको छ । आफ्नो खेतवारी बाँझो राख्ने, बाबुआमालाई नसघाउने पनि १ दिन हिलोमा टेकेर कृषिकर्मप्रति लागेको देखाउने गरेका छन् । वस्तविकता भन्दा देखावटिका लागि दिवस बन्ने गरेका छन् । धान दिवस मनाएपछि कति उत्पादन बढ्यो भन्ने कुनै तथ्याङ्क कृषि मंत्रालयले दिने गरेको छैन् । तथ्याङ्कका आधारमा नीति बनाउनुभन्दा हचुवाका भरमा लक्ष्य तोक्ने र हचुवाकै भरमा प्रचार हुने गरेको छ । धानको उत्पादकत्व बढाउनका लागि बनाइएका योजना वास्तविकतासँग मेल खान्छन् कि खाँदैनन् भनेर कहिल्यै समिक्षा हुँदैन् ।
धानमा आत्मनिर्भर हुने घोषणा गरिएको छ । त्यसका लागि बनाइएका योजना, काम गर्नसक्ने जनशक्ति तयार नभएसम्म कार्यान्वयनमा आउन सक्दैन । नेपालमै श्रम गरेर जीवन धान्न सकिन्छ र त्यसवाट केहि नाफा पनि हुन्छ भन्ने सन्देश युवा शक्तिमा प्रवाह गर्न सक्नु पर्दछ । कृषिमा गरेको लगानिको प्रतिफल पाउने अवस्था छैन् । जति काम गरेपनि अवस्था उस्तै रहेपछि मोह भंग हुनु स्वभावीक हो । जमिनको खण्डीकरण, खेतीयोग्य जमिनमा घर घडेरी, सिचाईको अभावलाई कारण देखाएर पनि सवैभन्दा अपहेलित किसान वनेसम्म कृषिमा सुधार आउंदैन । आफ्नो श्रमको मुल्य आफैले तोक्न नपाउने अभागी कृषक भएसम्म जति भाषण गरेपनि कृषिवाट युवाशक्तिको पलायन रोक्न सकिंदैन् ।
तराई र ठूला फाँटमा आधुनिक प्रविधिले गर्दा खेती गर्न सजिलो र कम समयमा सकिने अवस्था छ । पहाडमा भने जनशक्ति र प्रबिधिको अभावमा जमिन बाँझै रहेका छन् । काम गर्ने जनशक्ति वैदेशिक रोजगारीमा गएको र शहर बजारमा बसाइँसराइका कारण खेती गर्ने जनशक्तिको अभावमा जमिन बाँझो रहने गरेको छ । सरकारले स्वदेशमै रोजगारी दिन नसक्दा र स्वदेशमा भन्दा बिदेशमा नगई जीवन चल्दैन भन्ने मानसिकता छ । सरकारले कृषिमा दिएको अनुदान कृषकसम्म पुग्न सकेको छैन । कृषिमा आधुनिक प्रबिधि भित्र्याउन थालिएको छ।आधुनिक प्रबिधिको प्रयोगले थोरै जनशक्तिले धेरै काम गर्न सक्ने भएको छ।समयमै मनसुन शुरु भएको कारण धान रोपाइँ भएको छ । बाढी र पहिरोले गर्दा खेतीयोग्य जमिन बगाएको छ।बाढी, पहिरो र डुबानको चुनौती खडा भएको छ।मौसमले साथ दिएको हुँदा रोपाइँ धमाधम भए पनि अतिवर्षाबाट हुने क्षति कम गर्न किसानलाई सल्लाह दिनु आवश्यक छ । कृषि नै धन हो भन्ने भावना जागृत गराउन सकेमा नेपाल केही वर्ष पछि धानमा आत्मनिर्भर हुन सक्छ । धान दिवस मनाउनु भनेको हिलोमा खेल्ने मात्र होईन । धानको महत्व बुझाउने, कृषि पेशा सम्मानित पेशा हो भन्ने सन्देश दिनु पनि हो । जसले अन्न उत्पादन गर्छन तिनै हाम्रा देवता हुन भन्ने सन्देश दिन सकेमा मात्र राष्ट्रिय धान दिवस मनाएको सार्थकता रहनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...