Pokharapatra National Daily

सुनिल गायकको म्यूजिकल पोयट्री अन्त्यको सार्वजनिक

नेपाली सांगितिक जंगतमा उदाउदै गरेका गायक सुनिल गायकको म्यूजिकल पोयट्री अन्त्य मंगलबार सार्वजनिक भएको छ ।
म्यूजिकल पोयट्रीमा गायक स्वयंले अभिनय र कविताको शब्द लेखन र वाचन गरेका छन। जसमा रेकर्डिस्ट र अडियोको काममा साहिल गायकले साथ दिएका छन भने भिडियो सुट,इडिट,पब्लिसिटी डिजाइन सबिन गायकले गरेका छन। भिडियो हेमजाका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । सारङ्गी म्यूजिक स्टुडियो तथा सुपु म्युजिक क्रियशनको प्रस्तुती रहेको उक्त भिडियोमा प्रेमलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको छ । गितमा पे्रम सम्बन्धको उतारचढाव, प्रेम त्याग, प्रेम कुण्ठा, असम्झदारी, एक्लोपनलाई देखाउन खोजिएको छ । भिडियोमा संगीत र कविताको समिश्रण सुन्न र देख्न सकिन्छ । गायकले लकडाउनको समयलाई सदुपयोग गरेको र यसपाली छुट्टै पस्तुती दिएको जानकारी गराए । उनका तिम्रो अभाव, कति माया, के खाइदेको छु र, कहिले भईन गीतहरु बजारमा आइसकेका छन ।
गायक हेमजा साहित्य प्रतिष्ठानको सचिव, राष्ट्रिय संगीतकर्मी संघ पोखरा महानगरका अध्यक्ष, हेमजा युनाईटेडका सचिव रहि साहित्यिक, सामाजिक,सांगितिक र सांस्कृतिक दर्जनौ संघ संस्थामा आबद्ध रहेका छन ।

प्रतिकृया दिनुहोस्