Pokharapatra National Daily

गण्डकी प्रदेशको मन्त्रीमण्डल विस्तार

गण्डकी प्रदेशमा बुधबार मन्त्रिमण्डल विस्तार गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रिमा पुनः किरण गुरुङ सहित ५ सदस्य मन्त्रि मण्डल विस्तार गरे ।
मन्त्री गुरुङ सहितका अन्य तीन मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले आफ्नै निवास पोखरामा सफथ खुवाएकी हुन्ु । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मगरलाई हाल विना विभागीय मन्त्रीको रुपमा नियुक्ति गरेका हुन् । युवा तथा खेलकुद मन्त्रीमा पुनः राजीव गुरुङ (दीपक मनाङे) नियुत्ति भएका हुन उनी पोखरा बाहिर भएकोले सपथ ग्रहण गर्न गर्ने कार्यक्रममा सहभागी हुन सकेनन् ।
मुख्यमन्त्री गुरुङ कोरोना संक्रमणका कारण हाल निवासमै होम आइसुलेसनमा बसेको भए पनि मन्त्रिमण्डल विस्तार नहँुदा केही कामहरु समेत प्रभावित हुने भएकोले मुख्यमन्त्रीले आफु संक्रमित भएकै अबस्थामा मन्त्रिमण्डल विस्तार गरेको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक बिक्रम न्यौपानेले बताए । कोरोनाको कारण प्रदेशमा कोरोनाबाट बच्न बचाउने अभियानमा गर्नुपर्ने कामदेखि आउदो बर्षको बजेट र विकास निमार्णका योजनाहरु समेत प्रभावित हुन नदिन मन्त्रिमण्डल विस्तार गरिएको श्रोतको भनाई छ ।
गत वैशाख २६ गते मुख्यमन्त्रीबाट राजीनामा दिएर पद मुक्त भएका गुरुङलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले संसदमा ठुलो दलका नेता गुरुङलाई वैशाख २९ गते मुख्यमन्त्रीमा नियुत्ति गरेकी हुन् । अविश्वासको प्रस्ताव माथि फेस गर्न नसकि राजीनामा दिएका गुरुङ बिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका कागें्रस, माओबादी केन्द्र, जसपाको संयुक्त गठबन्दनले बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गर्न नसेको हुँदा प्रदेश प्रमुखले गुरुङलाई पुनः नियुक्त गरेकी हुन् । यस अघि आर्थिक मामिला तथा योजना मन्त्रिमा किरण गुरुङ, भौतिक पूर्वाधार तथा योजना मन्त्रीमा रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन मगर थिइन् । उनीहरु एमालेका नेता समेत हुन् । माओवादी केन्द्रका हरिबहादुर चुमान र भूमि व्यबस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापाले नेकपालाई सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्रको रुपमा व्यूताइदिएसंगै उनीहरुले राजीनामा दिएका थिए । मुख्यमन्त्री गुरुङले आफु माथि अविश्वासको प्रस्ताव पेश भएसंगै प्रतिपक्ष दलहरुलाई थप दबाब दिन राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रीमा नियुत्त गरेका थिए । मनाङले १० दिनको मन्त्रीको पद सम्हालेसंगै पद मुक्त भएको करिब १० दिनमा पुनः मन्त्री भएका छन् । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेका थिए । मुख्यमन्त्री गुरुङले सत्ता टिकाउने खेलमा प्रदेशमा थप आर्थिक भार पार्ने गरी दुई मन्त्रालय थप सहित १० मन्त्रालयसम्म पुराउने गृहकार्यमा जुटेको श्रोतले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले मन्त्रीहरु नियुक्त गरेसंगै बुधबार बसेको मन्त्री परिषदको बैठकले विभिन्न निकायमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गण्डकी प्रदेश सरकारका प्रवत्ता, योजना आयोगका पदाधिकारी र राजनितीक सल्लाहकार नियुक्त गरेको हो ।
सरकारका पूर्व प्रवक्ता रामशरण बस्नेत र प्रदेश निती तथा योजना आयोगका उपाध्यक्षमा डा. गिरीधारी शर्मा पौडेललाई पुनः नियुक्त गरेको हो । आयोगको सदस्यमा डा. विष्णुराज बराललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा लमजुङ सुन्दरबजारका डा. भीष्म अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको विना विभागिय मन्त्री समेत रहेका प्रवक्ता बस्नेतले जनाए । मुख्यमन्त्रीको राजीनामासँगै उनीहरुको पद समेत गएको थियो । माओवादी केन्द्रकी सदस्य डा. भीमा ढुंगानलाई मुख्यमन्त्रीले पुनः निरन्तरता भने दिन चाहेनन् । त्यस्तै यसअघि मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा पर्वतका गोविन्द नेपाली रहेका थिए ।
साथै बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोडिभ उपचार केन्द्रकै रुपमा स्थापना गर्न सिफारिस गर्ने निर्णय गरेको छ । संघ सरकार माताहातमा रहेको यस क्षेत्रकै ठुलो अस्पतालमा कोरोना डेडिकेट अस्पतालको रुपमा संचालन गर्न सिफारिस गरेको प्रवक्ता बस्नेतले जनाए । प्रतिष्ठानमा हाल कोरोना उपचार केन्द्रमा ५० र मेडिकल वार्डमा थप ४० सहित ९० बेडको कोभिड उपचार केन्द्रको रुपमा सेवा दिदै आएको छ ।

प्रतिकृया दिनुहोस्