Pokharapatra National Daily

मुख्यमन्त्री गुरुङले दिए राजीनामा

सरकार गठन गर्न प्रदेश प्रमुखको आव्हान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिना दिएका छन् । मुख्यन्त्री गुरुङले गण्डकी प्रदेश प्रमुख सीता पौडेल समक्ष आइतबार पेश गरेका राजीनामा प्रदेश प्रमुख पौडेलले स्वीकृत गरेकी छन् ।
साथै उनले तीन दिनभित्र नयाँ सरकार गठनको लागि आव्हान समेत गरेकी छन् । मुख्यमन्त्री गुरुङले राजीनामा वक्तव्य जारी गर्दै अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले राजिनामा दिएको उल्लेख गरेका छन् । उनले संघीयताको मर्म बमोजिम नेपालको संबिधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धि तर्फ प्रयत्नरत भइ आफ्नो कार्य सञ्चालन गरिरहेकोमा देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्र मार्फत निर्बाचनमा गएका दलहरुबाट समेत असहयोग गरेकोले राजिनामा दिएको पुष्ट पारेका हुन् । हालसम्म मुख्यमन्त्री नेतृत्वका मन्त्रिपषिदले गरेका कामका लागि धन्यवाद दिदै प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रिपरिषदले कार्य संचालन गर्ने र नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषदले कार्य संचालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दीन भित्र सरकार गठन गर्न आव्हान गरेकी हुन् ।
नेकपा एमाले नेतृत्वमा मुख्यमन्त्री बनेका गुरुङको सरकार विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेका थिए । वैशाख २७ गते गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्ताव उपर केही छलफल पश्चात मतदान हुने कार्यक्रम तय भएपनि मुख्यमन्त्री गुरुङले एक दिन अघि नै राजीनामा दिएका हुन् ।
माओवादी केन्द्र र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएसंगै अल्पमतमा पर्ने भएका हुन् । मुख्यमन्त्री गुरुङले नेपालको संविधान धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख पौडेल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

प्रतिकृया दिनुहोस्