Pokharapatra National Daily

कोभिड—१९ ले गर्दा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७८ मा हुने

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवालले यस बर्ष तोकिएको मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने बताएका छन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेशले विहिबार पोखरामा आयोजना गरेको रंक्तदान तथा सम्मान कार्यक्रममा बोल्दै कोभिड—१९ को कारण यस बर्ष उक्त प्रतियोगिता नहुने भएको बताएका हुन् । उनले भने “यस बर्ष फागुन २० गते देखि संचालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोभिड—१९ को कारण स्थगित हुने भयो तर हामीले आगामी बर्ष २०७८ मा उक्त प्रतियोगिता आयोजना हुन्छ ।”
जिल्लाबाट खेलाडी छनौट, प्रदेश हुदै राष्ट्रिय बन्द प्रशिक्षणको लागि कम्तिमा ३ देखि ४ महिनाको समय सिमा आवश्यक पर्ने भएकोले गर्दा अहिले पनि कोरोना शंक्रमणले गर्दा अबस्था सामान्य नभएको हुनाले पनि यस बर्ष उक्त प्रतियोगिता नहुने सदस्य सचिव शिलवालले प्रष्ट बताए । उनले भने “अब विस्तारै खेलकुदलाई चलायमान बनाउनु पर्छ, कोभिड —१९ को आवश्यक स्वास्थ्य मापदण्डका कुरालाई पालना गर्दै अघि बढ्नुको विकल्प छैन, अब नियमिति प्रशिक्षण पनि प्राय धेरै ठाँउमा सुरु भएको छ ।” खेलकुदमा छलाङ मार्न सरकारको लगानीले मात्र नहुने बताउदै उनले निजी क्षेत्रको लगानी, विभिन्न क्लव, संघ संस्थाहरुको पनि लगानी आवश्यक भएको बताए । तीन तहका सरकारले पनि खेलकुदलाई अब उत्पादनशिल क्षेत्रसंग जोडेर अघि बढाउनु पर्ने सदस्य सचिव शिलवाललको रहेको छ । खेलकुदमा सेलिब्रेसन ल्याउनु पर्ने उनको जोड थियो । राखेप सदस्य राजेश कुमार गुरुङ जस्ता मनकारीले खेलकुदको गतिविधि बढेसंगै खेलाडी एवं खेलकुदकर्मीलाई समेत प्रोत्साहन हुने सदस्य सचिव शिलवालले विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्