Pokharapatra National Daily

ला ग्राण्डी ईन्टरनेशनल कलेज ISO प्रमाणित

पोखराको सिमलचौरमा अवस्थित ला ग्राण्डी ईन्टरनेशनल कलेज ISO 9001:2015 प्रमाणित शैक्षिक संस्था बन्न सफल भएको छ ।
यही डिसेम्बर १४, २०२० का दिन देखि लागू भएको उक्त प्रमाणीकरण ३ वर्ष सम्मका लागि मान्य हूनेछ यद्यपि उक्त प्रमाणीकरण वार्षिक रुपमा नविकरण गर्नूपर्नेछ । क्वालीटी अस्ट्रियाद्धारा प्रदान गरिएको उक्त अन्तराषर््िट्रय मान्यता प्राप्त गरेको अवसरमा कलेजको सभाहलमा आयोजित एक कार्यक्रममा कलेजमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विभागीय प्रमूख हरुले आ–आफ्नो मन्तव्य राख्दै खुशी व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सभापतिको आसनबाट बोल्दै कलेजका प्रिन्सिपल ई.किरण के.सी.ले सो कलेजले सन् २०१९ देखि नै उक्त प्रमाणीकरण प्रक्रिया शूरुवात गरेतापनि कोरोना महामारीका कारण प्रमाणित हुन केही विलम्व भएको र कलेजले शैक्षिक गुणस्तरमा फरक पहिचान बनाउन सफल हुनुमा कलेज व्यवस्थापनका साथै सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शूभचिन्तक हरुको सद्भाव, सहकार्य र सामुहिक प्रयत्नले नै भूमिका निर्वाह गरेको बताउँदै सबै प्रति आभार प्रकट गरे ।त्यसै गरी कलेजका एकेडेमिक डिन डा. कृष्ण राज भण्डारीले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षालाई अरु थप निकायहरुद्धारा समेत प्रमाण्ीकरण गर्नका लागि सम्पूर्ण टिम अनवरत रुपमा लागि पर्ने बताए । सफ्ट टेक सि.आई. प्रा.लि. र नेशनल सर्टिफिकेशन एण्ड म्यानेजमेण्ट प्रा.लि. काठमाण्डौँद्धारा निरन्तर निरीक्षण तथा अनुगमन गरी कलेजलाई प्रमाणित हुनका लागि सहजिकरण तथा सिफारिस गरेका थिए । पोखरा विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त उक्त कलेजमा हाल स्नातक तहका बि.सि.ए., बि.बि.ए. र बि.पि.एच. कार्यक्रमहरुमा करिव ६५० विद्यार्थी अध्ययनरत रहेको कलेजका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्