Pokharapatra National Daily

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरीै नयाँ नियुक्ति गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई सोमबार नै शपथ गराएकी छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित रहेको थियो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर रिक्त पदमध्ये गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो । गण्डकी प्रदेश प्रमुख पौडेल लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी प्रधानमन्त्री कार्यालयमा विज्ञ सल्लाहकार समूहमै छिन् । उनी एमालेको महिला संगठन अखिल नेपाल महिला संघको महासचिव थिइन् । पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुन् । उनी निरन्तर कम्युनिस्ट आन्दोलनमा निरन्तर खटिनुभएकी व्यक्ति हो । महिला आन्दोलनमा उनले नेतृत्व नै गरेकी थिइन ।
त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमाले प्रवेश गरेका थिए । यसअघि २०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो । त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो । तर, नेकपा विभाजन भएसँगै प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो ।

प्रतिकृया दिनुहोस्