Pokharapatra National Daily

नेपाली कांग्रेसका नेताहरूलाई कार्यकर्ताको सुझाव

-युव राज खनाल, पोखरा

देश बिकराल स्थितिमा गुर्जिरहएको छ, एकातिर कोरोना ले सताएको छ भने अर्कोतर्फ देशमा भएको राजनीति अस्थिरताले गजडिएको छ । जनताको आँखामा छारो हालेर बहुमत साबित गरेको नेकपा एमाले र नेकपा माओवादी को गठबन्धन अनि भागबन्डा नमिलेर भएका गतिविधिले अर्थतन्त्र तहस नहस बनाउदै छ भने अर्को तर्फ सभासद्वका गद्दारिहरुले देश बिदेशमा बदनाम कमाई रहेको छ । देशको सबै भन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस पनि आन्तरिक कलह बाट अछुतो रहन सकिरहेको छैन ।
हुन त ठूलोबडा घरको ठूलो वढै चाला भनिएला तर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूलमन्त्रलाई अंगिकार गरेको नेपाली कांग्रेस पार्टी ब्यवहारमा भने स्थापनाकालदेखि आज पर्यन्त गुटउपगुट, टुटफुट, खुट्टा तानातान, विभाजन र अनेकन किसिमका पौंठेजौरीका आन्तरिक लडाईमा गुज्रदै आएको यथार्थता हामी सबैका सामु छर्लङ्ग नै छ । यद्यपि प्रजातान्त्रिक मुल्य र मान्यता अनि जनहितका पक्षमा निरन्तर अग्रसर रहेका कारण ठूलो पार्टीको आफ्नो पहिचानवाट यदाकदा अलमलिए पनि पछाडि पर्नु परेको छैन । विपी कोइरालाको समाजवादी चिन्तन, लौहपुरुष गणेशमान सिंहको त्याग र सन्तनेता किशुनजीको सादगी जीवनलाई आदर्शमान्नेहरु चारतारे झण्डाको फेरो समातेर आपसमै वाकयुद्ध र पदका खातिर इमान, इज्जतलाई तिलाञ्जली दिदै स्वर्थपूर्तिका खेलमा लागेकाहरुलाई धिक्कार्नु वाहेक केही गर्न सकिरहेका छैनौं जसले अझैसम्म पनि निरन्तरता पाइरहेकोनै छ । यति ठूलो प्रजातान्त्रिक पार्टीमा आस्था राख्ने करोडौं नेपाली मनहरु नेतृत्वकर्तामा देखिएको गैरजिम्मेवारीपन, पदलोलुपता र सिमित स्वार्थका लागि नैतिक आचरण समेत दाउमा लगाउने प्रवृतिले निराश, क्रुद्ध र हतोत्साही भएका उदाहरणहरु जताततै देखिन्छन् । पार्टीको केन्द्रीय नेतृत्वदेखि भातृसंगठन गाउँ, नगर, वडा र प्रवास सहित सवैतिर विवादको यो रोगले नराम्रोसंग जरो गाडेको आज हामी माझ घाम जतिकै छर्लङ्ग छ । पार्टीमा देखिएको यति निराश लाग्दो प्रवृतिको शिकारवाट केन्द्र देखि गाउँ तह सम्म तेस्तै प्रबासमा रहेर नेपाली कांग्रेसप्रति आस्था राख्नेहरुपनि ग्रसीत भएको उदाहरणका साक्षीहरु कयौं रहेको कुरा नेताहरु समक्ष गराउन चाहान्छु । अनि हामी, नेपाली कांग्रेसप्रति पूर्ण निष्ठावान, प्रजातान्त्रिक मूल्य र मान्यताका पक्षधर, विपी कोइरालाको समाजवादी चिन्तन, लौहपुरुष गणेशमान सिंहको त्याग र सन्तनेता किशुनजीको सादगी जीवनलाई आदर्शमान्नेहरु चारतारे झण्डाको फेरो समातेर आपसमै वाकयुद्ध र पदका खातिर इमान, इज्जतलाई तिलाञ्जली दिदै स्र्वाथपूर्तिका खेलमा लागेकाहरुलाई धिक्कार्नु वाहेक केही गर्न सकिरहेका छैनौं ।
ठूलो इतिहास वोकेको पार्टीका साधरण र कृयाशिल कार्यकर्ताहरुले तपाईहरु नेतृत्वमा रहेका र रहने तयारीमा जुट्दै गरेकाहरुवाट गरेको अपेक्षा भनेको त स्वदेश तथा प्रबासमा रहेका नेपालीका हितका खातिर नीति निर्माण गर्न सक्नुपर्छ , पार्टी केन्द्रलाई एक भएर अगाडि वढ्न झझकाउनुपर्छ अनि विपी, गणेशमान, किशुनजी, गिरिजावावु र शुसिलदाको तस्वीरमा माल्र्यापण गर्दैगर्दा यी बुढाहरु बरु बेलाबेलामा एक आपसमा मिल्दैनथे हामी त एक छौं भन्ने उदाहरण दिनुपर्छ तर किन तेसो हुन सकेको छैन । यसको मुख्य कारण नै स्यम पार्टी सभापति नै विधि र बिधानलाई पैताला मुनि राखेर अगाडि बड्नु ।
आदरणीय नेपाली कांग्रेसका नेता गणहरु , ‘विपीवावुले क्यान्सरले ग्रसीत हुँदाका वखतमा समेत टुडिखेलमा गर्नुभएको भाषण युट्युवमा सुन्दा होस् या किशुनजीले सुराही, छाता र ट्यांङ्गका समातेर दिएको मुस्कानको तस्वीर नियाल्दा र गिरिजावावुले लाखौं कांग्रेसीहरुको माझ जयनेपालको उद्घोष गर्दा गर्वले शिर उच्च पार्ने हामी कार्यकर्ताहरु तपाईहरुको पद र स्वार्थपूर्तिका निम्ति भएको कोठेयुद्धका शिकार भएर शिर झुकाउन वाध्य पारिएका छौं । के पि ओलिको तानाशाह प्रवृत्ति, देशमा बढेको भ्रष्टाचार, महङ्गि पछि कांग्रेस प्रती जनताले कल्पना गरेको छ्न , फस्टाउने प्रयासमा रहेको उग्रवामपन्थी, जातीय विभाजन ल्याउने अतिवादी र एकतन्त्रीयको कल्पना वोक्ने निरंकुशतावादीहरुको भिडमा एउटा ठूलो संस्थामा चारतारे झण्डामुनि नेताहरू विधि र बिधानको परिधिभित्र गोलबन्ध हुनेछ्न ।
कांग्रेसमा सिद्धांतको झगडा छैन केवल एकले अर्काेलाई आरोप लगाउने, को कमजोर र को वलियो, को आधिकारिक र को अनाधिकारीक यो संस्कारवाट मुक्त हुन नसक्ने पुरानो रोग त्यहाँ कांग्रेसले निको पार्न सकिरहेको छैन ।
केन्द्र , प्रदेश ,जिल्ला र गाउँतह राजनीतिदेखि प्रवासको संगठनसम्म नै ढुलमुले नीति लिएका अवसरवादी प्रतिपक्षी र रगतका वाछिटाले उक्सिएका अर्काे पक्षधरसंगको वैचारिक लडाईका लागि पूर्व तयारीका एजेण्डाहरु वनाउन छोडेर आपसमा भिड्दा सांगठनिक रुपमा आफै कमजोर भइन्छ भन्ने नेता महोदयहरुलाई अवगत गराउनुपर्ने विषय होइन जस्तो लाग्छ । त्यति ठूलो इतिहास वोकेको पार्टीका हामी गाउँ र तल्लो तहमा वसेका कार्यकर्ताहरुले तपाई नेतृत्वमा रहेका र रहने तयारीमा जुट्दै गरेकाहरुवाट गरेको अपेक्षा भनेको त प्रवास र स्वदेशमा रहेका नेपालीका हितका खातिर नीति निर्माण गर्न सक्नुहोस्, पार्टी केन्द्रलाई एक भएर अगाडि वढ्न झझकाउनुहोस् अनि विपी, गणेशमान, किशुनजी, गिरिजावावु र शुसिलदाको तस्वीरमा माल्र्यापण गर्दैगर्दा यी बुढाहरु बरु बेलाबेलामा एक आपसमा मिल्दैनथे हामी त एक छौं भन्ने उदाहरण दिनुहोस् भन्ने छ तर खै तपाईहरुको रवैया हेर्दा तानाशाह प्रर्बितीको मात चढेर संगठनलाई कमजोर पार्दै त हुनुहुन्न । अनि एउटा पक्षले केन्द्रीय नेतालाई कार्यक्रममा आमन्त्रण गर्यो भने अर्काे पक्षले फोन गरेर तपाई नआउनुस् है अर्काे पक्षको कार्यक्रममा नत्र तपाई विवादमा पर्नुहुन्छ भन्ने अनि नेपाहरुलाई नै असयोग गर्ने जस्ता प्रवृत्ति किन त्याग्न सकिरहनु भएको छैन । यस्ता प्रवृत्तिहरु गरिरहदा तपाईहरुलाई यस्तो गर्दा कहिल्यै नेपाली कांग्रेस पार्टी हित विपरित गरे भन्ने आत्मग्लानी हुदैन । तपाईहरु धन, मन र विद्याको पनि धनि हुनुहुन्छ अनि संसार बुझ्नुभएको छ अनि एउटा सानो विवाद मिलाउन केन्द्रलाई गुर्हानु भयो भन्ने सुन्दा मेरो शिर त लज्जावती झार झै निहुरियो तपाईहरुलाई साच्चै कस्तो हुन्छ त्यस्तो बेला । कृपया यसलाई गाली नसम्झीदिनुस्, हो अलि अलि आक्रोस त हो, राजनीतिमा कहिले तल कहिले माथि त हुन्छ नै, तर यही रवैया अपनाउनुभयो भने अव माथि हुइदैन, तलको तल नै परिन्छ ।
एउटै खाटमा सुत्दा खुट्टाले छोइयो भन्दैमा लाती नै हान्यो भनेर अर्काे खाट वा कोठामा सुत्न गइयो भने भएका लालावालाको विजोग हुन्छ भने अरु लालावाला गर्भमा वस्न पनि पाउँदैनन् भन्ने हेक्का होस् । ठूलो घरमा बसेपछि आवाज सानो ठूलो हुनु अस्वभाविक होइन तर घरकै भित्ता फोड्यो भने त्यो घरको सुरक्षा हुदैन ।
म त्यस्तो प्रतिनिधिपात्र हुँ, जसलाई विकट हिमाली जिल्ला हुम्लाको कर्मचारी संघमा कांग्रेस समर्थकले जितेको सुन्दा खुसीले नाच्छु अनि महोत्तरीमा कांग्रेस कार्यकर्ता भएकै कारण अर्काे पक्षवाट पिटियो भन्ने पढ्दा क्रोधले आशु झार्छु । म कांग्रेसको एउटा मन्त्रीले विशिष्टको नाममा राज्यवाट अनुचित करोडौं खर्च उडाइरहेकाहरुलाई नीति तर्जुमा गरेर नियन्त्रण गर्यो रे भन्दा जति गर्विलो महसुस गर्छु अनि सरकारले खाडी मुलुकको राजदूत नियुक्तीमा विवादास्पद म्यानपावर ब्यवसायीलाई सिफारिस गर्यो रे भन्दा त्यति नै लज्जित हुन्छु । हो हामी सच्चा र इमानदार काङ्ग्रेस सबै यो कुराहरू हुन्छ किन हजुरहरु कार्यकर्ताको भावना बुझ्न सक्नु हुन्न ? आज म जस्तै हजारौं कांग्रेसलाई माया गर्नेहरु त्यस्ता नेतृत्वदायी ब्यक्तिहरुको खोजीमा छौं जसले निष्ठा र आर्दशको राजनीति गरोस् र जसले हाम्रा आवाजहरु बोल्न सकोस् ।
सुनेकैमा भर परौं भने तपाईहरु कहिल्यै मिल्न नसक्ने रे । कृपया यो सुनेको कुरो झुटो होस् र तपाईहरु एक ढिक्का भइदिनुहोस् । एउटै खाटमा सुत्दा खुट्टाले छोइयो भन्दैमा लाती नै हान्यो भनेर अर्काे खाट वा कोठामा सुत्न गइयो भने भएका लालावालाको विजोग हुन्छ भने अरु लालावाला गर्भमा वस्न पनि पाउँदैनन् भन्ने हेक्का होस् । नेपाली काङ्ग्रेसको संगठन निर्माणका खातिर तपाईहरुले धेरै तन,मन, धन, रगत र पसिना बगाउनुभएको छ, सवैलाई त्यसको जस लिने रहर होला ।
तर त्यो रहर त्यतिवेला पूरा हुन्छ जति वेला चारतारा अंकित त्यो झण्डा मुनी तपाईहरु सवै गोलबद्ध हुनुहुन्छ अनि हामीलाई पनि गोलवद्ध हुन आतुरी हुन्छ । कुनै ठुलो कुरा छदै छैन , नेपाली कांग्रेसको आफ्नै विधि र बिधान र यसमा केही कमिकम्जोरी भए परिमार्जन र संसोधित गरि त्यसलाई सर्बोपरी मानेर अगाडि बढेमा सायद कांग्रेसमा कुनै ठूलो विवाद आउने छैन जस्तो लाग्छ ।

प्रतिकृया दिनुहोस्