Pokharapatra National Daily

प्याराग्लाईडिङ पाइलट राजुको परिवार र वक्सिङका खेलाडीलाई पोखरामा सम्मान

प्याराग्लाईडिङ पाइलट एवं कराँते खेलाडी राजु गैरे नेपालीको प्याराग्लाईडिङ दुर्घटनामा परी मृत्यु भएकोले उनको सम्मान स्वरुप विहिबार पोखरामा नगद सहित सम्मान गरिएकोे छ ।
फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ बर्षीय खेलाडी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानलाई उच्च मुल्याङकन गर्दै सम्मान सहित उनको परिवारलाई राहत स्वरुव एक लाख एक हजार १ सय ११ रुपैया बुधबार पोखरामा आयोजित रक्तदान तथा सम्मान कार्यक्रमका बिच मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेशले सम्मान गरेको हो । उक्त अवसरमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागि भई वम्सिङ खेलमा स्वर्ण पदक ल्याउने नेपाल पुलिसका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सुनिल शाहीलाई जनही ५१ हजार सहित पदकले सम्मान गरिएको राखेपका सदस्य, वक्सिङका पूर्व खेलाडी एवं वक्सिङ संघका पूर्व उपाध्यक्ष समेत रहेका संयोजक गुरुङले बताए । संयोजक गुरुङले एक बर्ष अघि वक्सिङ खेलमा स्वर्ण पदकधारी खेलाडीलाई सुनको पदक दिने घोषणा गरेका थिए तर प्राविधिक कारणवश सुनको पदक दिन नसके पनि आधा तोला सुनको मुल्य बराबरको रकम सहित सम्मान गरिएको उनले जनाए । उक्त अवसरमा महिला भलिवल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै टप्स मावि, ज्ञानुबाबा आवासिय मावि र फिस्टेल एकेडेमीलाई सम्मान गरिएको छ । त्यसै गरी १३ औं साग प्रतियोगिता ासफल पार्न सहयोग पुराएको भन्दै एकेडेमीले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, महासंघ कास्की शाखा, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी प्रदेशलाई सम्मान पत्रको साथमा जनही २१ हजार रुपैया प्रदान गरिएको छ । त्यसै गरी अग्रज पत्रकार नारायण कार्की सहित केही पत्रकार, नेपाल ओलम्पीक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, अग्रज खेलकुदकर्मी खड्ग बहादुर रानाभाट, खेम बहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवाल, मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, गण्डकी प्रदेशका सांसद द्धय मोहन रेग्मी र पुष्पा केसी भण्डारी, कार्यक्रम संयोजक राजेश कुमार गुरुङ लगायले सम्मानि व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुलाई नगद समेत हस्तान्तरण गर्दै सम्मान गरेका हुन्ु ।
मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेशले विहिबार पोखरा रंगशालामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा संचारकर्मी दीननाथ बराल सहित ६० जनाले रक्तदान गरेको एकेडेमी गण्डकीका सचिव कृष्ण तिमिल्सिनाले बताए । कोभिड १९ का कारण निरासामा रहेका खेलाडीहरुलाई उच्च मनोवल सँगै खेलकुदलाई गतिदिन आफुहरुले उक्त कार्यक्रम गरिएको संयोजक गुरुङले जनाए । त्यसै गरी पोखरामा रहि महिला भलिवल खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने पूर्व भलिवल खेलाडी तथा प्रशिक्षक समेत रहेका जिवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ सहयोग गरिने भएको संयोजक गुरुङले जनाए । त्यस्तै गतवर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिवल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ, पोखरामा भएको क्लव स्तरिय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ, टेनिसका खेलाडी स्व.सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गरिएको छ । उक्त अवसरमा कराँतेका प्रशिक्षक शिव गुरुङ, खेलाडी सुस्मि श्रेष्ठ,
त्यसै गरि कार्यक्रममा पोखरा रंगशालामा कार्यरत श्याँम विश्वकर्मालाई ८ हजार, विभा विश्वकर्मा, सुक बहादुर गुरुङ, भोज बहादुर भुजेल र स्वयम सेवक अखिल शाहीलाई जनही ५ हजार नगद सहित सम्मान गरिएको हो । कार्यक्रलाई सफल बनाउन मनकामना केवलकार प्रालीका अध्यक्ष राजवावु श्रेष्ठ, पूर्व शसस्त्र प्रहरी महानिरिक्षक स्वर्गिय सहविर थापाका छोरा किष्ट हस्पिटलका सिइओ आशिष थापा, सहारा हङकङका अध्यक्ष दिपक गुरुङ लगायतको सहयोगमा जुटेको एकेडेमीले जनाएको छ । २०५८ सालमा स्थापना भएको एकेडेमीले विविध कार्यक्रमहरु आयोजना गर्दै आएको एकेडेमी गण्डकीका सचिव तिमिल्सिनाले बताए ।
सोही अवसरमा हालै भारतमा सम्पन्न भएको ‘२१ औँ वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा स्वर्ण पदक विजेता खेलाडी हसन गुरुङ र आशिस आले मगर र रजत पदक विजेता राजेश सुवाल तथा नेपाली टोलीका प्रशिक्षक जीवन गिरीलाई सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस्