Pokharapatra National Daily

नेपाल अर्वुदरोग निर्वारणका नव निर्वाचित पदाधिकारीको पदस्थापन

नेपाल अर्वुदरोग निर्वारण संस्था कास्की शाखाको २० औं शाखा सभा तथा १४ औं अधिवेशन पोखरामा हालै सम्पन्न भएको छ ।
अधिवेशनले प्रेमबहादुर भूजेलको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । नव निर्वाचित सभापति प्रेमबहादुर भूजेलको अध्यक्षतामा यही मंसिर ३० गते बसेको पूर्ण बैठकले शाखाको विद्यान अनुसार पदाधिकारीहरुको कार्य विभाजन गर्नुको साथै सोही अवसरमा नवनिर्वाचित समितिको पदास्थापन कार्यक्रम समेत सम्पन्न भएको छ ।
समितिको निवर्तमान सभापतिमा रामचन्द्र थापा, उपसभापतिमा नारायण पराजुली, विश्वमोहन अधिकारी, सचिवमा डिल्लीप्रसाद शर्मा, कोषाध्यक्षमा रघुनाथ अधिकारी, सह–सचिवमा सरस्वती अधिकारी, सह–कोषाध्यक्षमा कृष्ण मानान्धर र सदस्यमा क्रमश शान्त कुमार श्रेष्ठ, तीर्थबहादुर बस्नेत, सुर्वण कोइराला, मिना बास्तोला, सम्झना आचार्य, अर्जुन बन्जरा र ईश्वर कुमार श्रेष्ठ चयन भएका छन् । यसै गरी सल्लाहकारमा पूर्व सभापतिहरु क्रमश आनन्दराज मुल्मी, शुभाष तज्या, माधवप्रसाद सिग्देल, दिनेश शंकर पालिखे, र रामप्रसाद बस्ताकोटीलाई मनोनयन गरिएको छ भने एसस्कर सदस्यमा लेखतमान लाभाजू रहेका छन् । पूर्व सभापति एवं केन्द्रिय सदस्य दिनेशशंकर पालिखे लगायतका पूर्व सभापतिहरुको विशेष उपस्थितिमा बसेको पहिलो बैठकले संस्थागत विकाससँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको संस्थाका सचिव डिल्लीप्रसाद शर्माले बताएका छन् ।
पदास्थापन समारोहमा पूर्व सभापतिहरुको तर्फबाट केन्द्रिय सदस्य तथा पूर्व सभापति दिनेशशंकर पालिखे, सुभाष तज्या, माधवप्रसाद सिग्देल र रामप्रसाद बस्तोकाटीले आ–आफ्नो तर्फबाट शुभकामना मन्तव्य राखेका थिए भने निवर्तमान सभापति रामचन्द्र थापाले माइन्युट तथा शाखाका महत्वपूर्ण दस्तावेजहरु नवनिर्वाचित सभापति प्रेमबहादुर भूजेललाई हस्तान्तरण गरी कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्