Pokharapatra National Daily

फेवा सहकारीको शुभकामना तथा सम्मान कार्यक्रम

फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. सृजना चोक पोखराले सस्थाको उपसमितिमा मनोनित संयोजक र सदस्यहरुलाई सम्मान बधाई सहकारी शिक्षा प्रशिक्षण, नयाँ बर्षको भित्ते पात्रो बिमोचन का साथ शुभकामना आदान प्रदान कार्यक्रम रबी महल सृजना चोक मा सम्पन्न गरेको छ ।
शुभकामना आदान प्रदान सम्मान कार्यक्रम मा सहकारीका अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ्ग र सस्थाका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ द्वारा संयुक्त रुपमा सस्था द्वारा प्रकाशित भित्ते पात्रो बिमोचन गरि कार्यक्रमको उद्घाटन गरेका थियो ।
सहकारी शिक्षा प्रशिक्षण कार्यक्रममा लेख समिति, ऋृण लगानी उप समिती, ऋण अशुली उप समिति, शिक्षा उप समिति, महिला उप समिति, स्वास्थ्य उप समिति, निक्षेप संकलन तथा पुजी बृद्धि उप समिति, बाल बचत उप समितिका संयोजक तथा सदस्यहरु लाई सहकारी का अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ्गले टिका खादा र पुष्प गुच्छाले स्वागत सम्मान र बधाई दिई शुभारम्भ गरिएको कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले उपस्थिति सम्पुर्ण लाई स्वागत गर्नुहुँदै उपसमितिको काम कर्तव्य अधिकार का बारेमा जानकारी गराउदै सबैलाई मेरो सहकारी भन्ने भाबना जागरण गराउन अनुरोध गर्नुभयो । उक्त कार्यक्रममा सहकारीका प्रबन्ध निर्देशक हरिभक्त पौडेलले सहकारी संचालन र बित्तिय कारोबारका साथ हिजो आजको भन्दा फरक र बैज्ञानिक तरिकाले सहकारी को काम गर्नुपर्ने र सहकारी बैक भन्दा फरक भै शेयर सदस्यहरुको हित कसरि र के गर्दा हुन्छ भन्ने बिषयमा जानकारी दिनुहुदै सहकारीको कुल पुजी ९५ करोड भएको सहकारी मा शेयर पुजी १० करोड, डिपोजिट ७१ करोड र लगानी ७२ करोड रहेको बताउनु हुदै उप समितिहरू सबैले आ आफ्नो दाईत्व पुरा गरि यस फेवा सहकारी लाई अगाडि बढाउन सक्रिय हुन आग्रह गर्नुभयो । शुभकामना आदान प्रदान सम्मान बधाई भित्ते पात्रो बिमोचन तथा सहकारी प्रशिक्षण कार्यक्रम सस्थाका सचिव एवं प्रशिक्षक दिल बहादुर भट्टराईले सरल तरिका बाट सहकारीको पंच बर्षिय रणनीतिक योजनाका बिषयमा फेवा सहकारी संस्थाको अहिले कुल पुजी ९५ करोड छ भने अबको ५ बर्षमा कति पुल्याउने जस्ता बिषय सहित दिनु भएको प्रशिक्षणमा फेवा सरल पेन्सन बचत योजना, बाल बचत योजना लगायतका बिषयमा प्रशिक्षण दिनु भएको उक्त कार्यक्रममा सहकारी सस्थाका शेयर सदस्य हिरा देबी श्रेष्ठले फेवा सरल पेन्सन बचत योजना मा खाता खोली पेन्सन योजनाको शुभारम्भ गर्नु भएको उक्त योजनामा सहकारीका सदस्य योगराज पौडेल र सबिता शर्माले समेत फेवा सरल पेन्सन बचत योजनामा खाता खोल्नु भयो । उक्त कार्यक्रममा संचालक, कर्मचारी र समिति गरि ५० जनाको सहभागीतामा सम्पन्न गरिएको कार्यक्रममा अधिकांश सदस्यहरु ले आ आफ्नो सुझाव राखेको कार्यक्रममा शेर बहादुर अधिकारी, दान बहादुर बिक, किरण पाण्डे लगायतका सदस्यहरू फेवा सहकारीले गरेका सबै कार्यहरू राम्रा हुदाहुदै पनि पुराना शेयर सदस्यहरुको पहिचान गर्नुपर्ने जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा सहकारी संस्थाका सदस्य किरण बिजुक्छेले सहकारीका सात सिद्धान्त बाचन गर्नु भएको कार्यक्रममा फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था ली. का अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङ्गको सभाध्यक्षता मा सम्पन्न सभा सहकारी संस्थाका सहायक निर्देशक जगन तिमिल्सिनाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्