Pokharapatra National Daily

प्याराग्लाईडिङ पाइलट राजुको परिवार र वक्सिङका खेलाडीलाई सम्मान गरिने

प्याराग्लाईडिङ पाइलट एवं कराँते खेलाडी राजु गैरे नेपालीको प्याराग्लाईडिङ दुर्घटनामा परी मृत्यु भएकोले उनको सम्मान स्वरुप बिहीबार पोखरामा नगद सहित सम्मान गरिने भएको छ ।
फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ बर्षीय खेलाडी नेपालीले खेल क्षेत्रमा पु¥याएको योगदानलाई उच्च मुल्याङकन गर्दै सम्मान सहित उनको परिवारलाई राहत स्वरुव एक लाख एक हजार १ सय ११ रुपैया सहयोग गर्ने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेश संयोजक राजेश कुमार गुरुङले बताए । मदन भण्डारी स्पोटर्स एकेडेमी गण्डकी प्रदेशले विहिबार पोखरा रंगशालामा खुल्ला रक्तदान कार्यक्रम सहित खेलाडी सम्मान कार्यक्रम आयोजना गरेको संयोजक गुरुङले जनाए । राखेपका सदस्य समेत रहेका संयोजक गुरुङले उक्त अवसरमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सहभागि भई वम्सिङ खेलमा स्वर्ण पदक ल्याउने नेपाल पुलिसका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सुनिल शाहीलाई जनही ५१ हजार सहित पदकले सम्मान गरिने भएको जनाए । वक्सिङका खेलाडी एवं केन्द्रिय उपाध्यक्ष समेत भएका संयोजक गुरुङले एक बर्ष अघि वक्सिङ खेलमा स्वर्ण पदकधारी खेलाडीलाई सुनको पदक दिने घोषणा गरेका थिए । प्राविधिक कारणवश सुनको पदक दिन नसके पनि आधा तोलाको मुल्य बराबरको रकम सहित सम्मान गरिने भएको उनले पत्रकार सम्मेलनमा प्रष्ट पारे ।
कोभिड १९ का कारण निरासामा रहेका खेलाडीहरुलाई उच्च मनोवल सँगै खेलकुदलाई गतिदिन आफुहरुले उक्त कार्यक्रम गर्न लागिएको गुरुङले जनाए । पोखरा सहित गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीलाई तिव्र बनाउन अब सवै जाग्नु पर्ने समय आएको संयोजक गुरुङले जनाए । त्यसै गरी पोखरामा रहि महिला भलिवल खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने पूर्व भलिवल खेलाडी तथा प्रशिक्षक समेत रहेका जिवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ सहयोग गरिने भएको संयोजक गुरुङले जनाए । त्यस्तै गतवर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिवल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ, पोखरामा भएको क्लव स्तरिय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ, टेनिसका खेलाडी स्व. सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको संयोजक गुरुङले जनाए । त्यसै गरि पोखरा रंगशालामाकार्यरत श्यामविश्वकर्मा, विभा विश्यकर्मा र सुक बहादुर गुरुङलाई समेत नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको एकेडेमीले जनाएको छ । कार्यक्रलाई सफल बनाउन मनकामना केवलकार प्रालीका अध्यक्ष राजवावु श्रेष्ठ, पूर्व शसस्त्र प्रहरी महानिरिक्षक स्वर्गिय सहविर थापाका छोरा किष्ट हस्पिटलका सिइओ आशिष थापा, सहारा हङकङका अध्यक्ष दिपक गुरुङ लगायतको सहयोगमा उक्त कार्यक्रम हुने भएको संयोजक गुरुङले जनाए । २०५८ सालमा स्थापना भएको एकेडेमीले विविध कार्यक्रमहरु आयोजना गर्दै आएको एकेडेमीका कृष्ण तिमिल्सिनाले बताए ।

प्रतिकृया दिनुहोस्