Pokharapatra National Daily

सहकारी समृद्धिको मुख्य आधार—उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सृर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताउनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लि.द्धारा आयोजित नव बर्षको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो लोकार्पण कार्यक्रममा उहाँले सहकारी उत्पादनसंग जोडिनुको विकल्प नरहेको बताउनुभयो ।
मानव अस्तित्वलाई नै संकटमा पार्ने गरि विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस (कोभिड—१९) रोकथामका लागि सामुहिक प्रयास आवश्यक रहने बताउँदै उहाँले आप्mना क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अप्नाउनु पर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीले पैसा खरिद बिक्री नभई उत्पादित बस्तु बजारमा बिक्री गरेर आयआर्जन तर्पm लाग्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
संस्थाका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अनिल शाही, सल्लाहकार प्रभा पन्त, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोाल, कोषाध्यक्ष धनबहादुर रानाभाट, सचिव गणेश श्रेष्ठ लगायतले सहकारीको महत्व माथि प्रकाश पार्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्