Pokharapatra National Daily

वडा नं १० मा महिला स्वयम सेविका सम्मानित

१७ औ राष्ट्रिय स्वयमसेवीका दिबस २०७७ को अबसरमा पोखरा महानगरपालिका वडा नं वडा नं १० मा आबद्ध महिला स्वयम सेवीहरू लाई शहरी स्वास्थ्य सेवा केन्द्र पोखरा १० ले एक कार्यक्रमको आयोजना गरी सम्मान कार्यक्रम सम्पन्न गर्यो ।
शहरी स्वास्थ्य सेवा केन्द्र पोखरा १० को वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना र संचालन गरि अति बिपन्न परिवारका सदस्यहरू लगायत अन्य बिरामीहरू लाई निशुल्क सेवा दिदै आईरहेकोमा कहिले डेंगु त कहिले कोरोना जे जस्तो समस्या आए वा समस्या भए पनि हर समय वडा भित्र पर्ने मानब जिबनका स्वस्थ्य समस्यालाई समाधान गर्न लागी पर्ने महिला स्वयम सेवीका १४ जनालाई सम्मान गरि ति मध्ये १ जना उत्कृष्ट छनौट गरि बिशेष सम्मान गरिएको वडा सदस्य एवम सहरी स्वास्थ्य सेवा केन्द्रका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले बताए ।
उक्त सम्मान कार्यक्रममा वडा नं–१० का वडा अध्यक्ष राजकुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १४ जना महिला स्वयम सेवीहरूलाई सम्मान पत्र द्वारा सम्मान गरिएको कार्यक्रममा १७औ राष्ट्रिय स्वयम सेवी दिवस २०७७ मा उत्कृष्ट महिला स्वयम सेवीमा माया (गुरुङ्ग) भूजेल लाई उत्कृष्ट घोषणा गरी मायाको चिनो, सम्मान पत्र र फुलमाला र खादा लगाएर वडा अध्यक्ष राजकुमार गुरुङ्गले सम्मान गर्नु हुदै स्वयम सेवीकाहरूले अझ ससक्त भै स्वास्थ्य सेवामा लाग्नुपर्ने कुरामा जोड दिदै सबैलाई बधाई र सफलताको शुभकामना दिए ।
कार्यक्रममा पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका अस्पताल निरिक्षक सविना श्रेष्ठ, वडा सदस्यहरूमा निशा मल्ल ठकुरी, प्रतिभा बिक पोखरेल, दिपक बहादुर थापा, वडा सचिव हरिकृष्ण आचार्य, सम्मानित मायाँ (गुरुङ्ग) भूजेल, महिला स्वयम सेवीका वडा नं १० का संयोजक गिता कोईराला र नेपाल रेडक्रस सोसाइटी पोखरा १० वडा स्तरिय बिपत ब्यबस्थापन समिति का संयोजक टुकाराम लामिछाने लगायतका बक्ताहरूले आ आफ्नो बिचार राख्नु हुदै शहरी स्वास्थ्य सेवा केन्द्रमा प्रयाप्त औषधी नभएको, बिरामी आएमा सुत्ने बेड समेत प्रयाप्त नभएकोमा स्वास्थ्य महाशाखा र वडाको बिशेष ध्यान जानुपर्ने बिचार ब्यक्त गर्नु हुदै हाल भएको ३५ थरिको औषधी मात्र उपलब्ध हुने हुदा यथासक्य चाँडो आबश्यक औषधीहरू थप गर्नु पर्ने र यस्ता अपुरा सामानका कारण काम गर्न गारो भएको बताए ।
कार्यक्रममा नर्सिङ्गहरूमा स्टाप नर्स मुना रेग्मी गौतम, निता गुरुङ्ग, मिरा गौतम र नमुना गुरुङ्ग लगायतको उपस्थितीमा सम्पन्न कार्यक्रममा वडा सदस्य एवम स्वास्थ्य सेवा केन्द्रका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठ ले स्वागत गर्नु भएको कार्यक्रममा शहरी स्वास्थ्य सेवा केन्द्र पोखरा १० का प्रमुख समुन्द्र केसीले संचालन गरेका
थिए ।

प्रतिकृया दिनुहोस्