Pokharapatra National Daily

ला ग्राण्डी कलेजमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखराको सिमलचौरमा अवस्थित ला ग्राण्डी ईन्टरनेशनल कलेजमा वि.सि.ए., वि.वि.ए.तथा वि.पि.एच. कार्यक्रमहरुका विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरु बीच वार्षिक खेलकुद कार्यक्रम आयोजना भएको छ ।
उक्त कार्यक्रम यहि चैत्र ४ गते बुधबार बाट ७ गते शनिबार सम्म सञ्चालन भएको थियो । कलेजका प्रिन्सिपल ई. किरण केसीले रेफ्रिलाई बल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा छात्रा तथा छात्र तर्फ फुटसल, भलिबल, बास्केटवल, ब्याडमिण्टन, टेवलटेनिस र चेस खेलहरु संलग्न थिए । कार्यक्रमको पहिलो दिन ४ गते बुधबार फुटसलका खेलहरु भएका थिए । उक्त फुटसल प्रतियोगितामा छात्रतर्फ वि.वि.ए. आठौँ सेमेष्टरका विद्यार्थीहरु प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.वि.ए. संकायको दोस्रो सेमेष्टरका विद्यार्थीहरुको समूहले जित्यो । त्यसैगरी उक्त फुटसल प्रतियोगितामा म्यान अफ दि म्याच अतित गुरुङ्ग तथा सर्वाधिक स्कोरर साईमन गुरुङ्ग तथा वेष्ट किपर अनमोल गुरुङ्ग बन्न सफल भए ।
साथै, छात्रा तर्फ भएको फुटसल प्रतियोगितामा वि.पि.एच. संकायका विद्यार्थीहरुले प्रथम स्थान सुरक्षित गरे भने द्वितीय स्थान वि.वि.ए. आठौँ सेमेष्टरका विद्यार्थीहरुले हासिल गरे । साथै वि.पि.एच. संकायका सम्झना पौडेल वेष्ट प्लेयर घोषितहुन सफल भईन् । त्यसैगरि व्याडमिण्टन छात्र खेल तर्फ वि.वि.ए. आठौँ सेमेष्टरका विद्यार्थीहरु अनमोल गुरुङ्ग र अतित गुरुङ्गको जोडी प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.वि.ए. छैठौँ सेमेष्टरका विद्यार्थीहरु विश्व अधिकारी. र दिक्षांत पौडेलको जोडीले प्राप्त ग¥यो । त्यसैगरि व्याडमिण्टन छात्रा खेल तर्फ वि.सि.ए. चौंथो सेमेष्टरका विद्यार्थीहरु आश्था श्रेष्ठ र सम्झानाको जोडी प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.वि.ए. आठौँ सेमेष्टरका विद्यार्थीहरु शुसीला गुरुङ्ग र कुसुमको जोडीले प्राप्त ग¥यो । त्यसैगरि बास्केटबल छात्र खेल तर्फ वि.वि.ए. छैठौँ सेमेष्टरका विद्यार्थीहरु प्रथम स्थान तथा द्वितीय स्थान वि.वि.ए. चांैथो सेमेष्टरका विद्यार्थीहरु भएका थिए । त्यसैगरी उक्त खेलमा वेष्ट प्लेयर डेबिड गुरुङ्ग तथा सरोज नेपालीले सर्वाधिक स्कोर गर्न सफल भए ।
साथै, छात्रा तर्फ भएको बास्केटबल खेलमा वि.वि.ए. आठौँ समेष्टरका विद्यार्थीहरुले प्रथम स्थान सुरक्षित गरे भने द्वितीय स्थानमा वि.वि.ए. चौंथो सेमेष्टरकै विद्यार्थीहरुले हासिल गरे । साथै वि.वि.ए. आठौँ सेमेष्टरका छात्रा सुशीला गुरुङ्ग वेष्ट प्लेयर तथा वि.वि.ए. चौंथो सेमेष्टरका छात्रा कसिस गुरुङ्ग सर्वाधिक स्कोरर हुन सफल भईन् । त्यसै गरी टेबलटेनिस छात्रा खेलतर्फ वि.सि.ए. दोस्रो सेमेष्टरका विद्यार्थीद्वय आश्था श्रेष्ठ र सिम्रन शिल्पकारको जोडी प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.वि.ए. आठौँ सेमेष्टरका विद्यार्थी शुसीला गुरुङ्ग र टेरिसा गुरुङ्गको जोडीले हासिल गर्न सफल भए ।
त्यसैगरी टेबलटेनिस छात्र खेलतर्फ वि.वि.ए. आठौँ सेमेष्टरका विद्यार्थीद्वय अनमोल गुरुङ्गको जोडी प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.वि.ए. चौथो सेमेष्टरका विद्यार्थीहरु कुशल देवकोटा र आषिश क्षेत्रीले पाउन सफल भए ।
त्यसै गरी चेश खेलतर्फ वि.वि.ए. दोस्रो सेमेष्टरका विद्यार्थी आशिष पौडेल प्रथम स्थान हासिल गर्न सफल भए भने द्वितीय स्थान वि.सि.ए. छैठौँ सेमेष्टरका विद्यार्थी आशिष बरालले हासिल गर्न सफल भए । समापन कार्यक्रममा सम्पूर्ण विजेता, उप–विजेता, सर्वाधिक स्कोरर तथा वेष्ट प्लेयरहरुलाई पुरस्कार, मेडल, ट्रफी तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । स्वास्थ्य जीवन नै सफलताको सुत्र हो त्यसैले प्रत्येक विद्यार्थी खेलकुदमा सहभागी हनुपर्ने भन्दै कलेजका प्रिन्सिपल ई. किरण केसीले पुरस्कार तथा प्रमाण–पत्र वितरण समारोहमा आफनो मन्तव्य राख्नु भएको थियो । साथै, कलेजका निर्देशक, ई. शिवराज बरालले खेलले विद्यार्थीहरुको सर्वागिण विकास गर्ने भएकोले सहभागि सवैलाई धन्यवाद दिदै कलेजले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
न्यू बेजनेश ऐजद्धारा नेपालकै सर्वोकृष्ट दश तथा गण्डकी प्रदेशको सर्वोकृष्ट विजनेश कलेजको पुरस्कार हात पार्न सफल उक्त कलेजमा हाल तीनै वटा संकायमा करिब ६०० विद्यार्थी अध्ययनरत रहेको खेलकुद कार्यक्रमका संयोजक एवं कलेजका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र पौडेलले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्