Pokharapatra National Daily

चैत २० र २१ गते पोखरामा रेस्लिङ च्याम्पियनसिप हुने

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा यही चैत्र २० र २१ गते पोखरामा दोश्रो रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।
रेस्लिङ खेलको विकास गराउने उद्धेश्यले पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा उत्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनाम जानकारी गराइएको हो ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई १ लाख नगद सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । प्रतियोगितामा ४ महिला सहित २४ जना व्यवसायीक रेस्लरहरु बिच प्रतियोगिता हुने भएको नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन्। उनका अनुसार १४ जिल्लाका २२ वर्ष उमेर समुहदेखि ३८ वर्षसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागि हुने भएका छन् ।
प्रतियोगितामा देशकै चर्चीत रेस्लर नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगायतका खेलाडीहरु सहभागि हुने भएको महासचिव श्रेष्ठले बताइन् । प्रतियोगितामा तीन वटा तौल समुहमा प्रतिष्प्रर्धा हुने भएको छ । गत बर्ष नै उत्त प्रतियोगिता आयोेजना गर्ने तयारी गरे पनि कोभिडका कारण स्थगित भएकोलेयस बर्ष हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन कठिन भएको महासचिव श्रेष्ठले बताइन् । रेस्लिङ प्रतियोगिता अवलोकनको लागि प्रवेश शुल्क १ सय र २ सय रुपैया निर्धारण गरिएको महासचिव श्रेष्ठले जनाइन् । उनले नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडी उत्पादनसँगै निरन्तर तालिमको व्यवस्था गर्न उत्त प्रतियोगिता गर्न लागिएको उनले जनाइन्। प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रेफ्रिको भूमिकामा देख्न पाइने भएको छ । त्यस्तै प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ । उत्त अवसरमा दर्शकलाई थप मनोरञ्जन दिन नेपालका हाँस्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने भएको छ । कार्यक्रममा बोल्दै राखेप सदस्य राजेश गुरुङले पोखरामा आगामी बर्ष हुने नवौं राष्ट्रिय खेलकुदलाई थप प्रबद्र्धन गर्न यस्ता प्रतियोगिता निरन्तर हुन आवश्यक भएको बताए ।
हालै नियुत्त भएका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले यस्ता प्रकारका प्रतियोगिताले पोखरालाई खेलकुदको राजधानिको शहरको रुपमा विकास गराउन मद्धत पुग्ने विश्वास व्यत्त गरे । राष्ट्रिय स्तरका प्रतियोगिता गण्डकी र गण्डकी प्रदेशको राजधानि पोखरामा हँुदा आफुहरुले समेत सहयोग गर्ने उनले जनाए ।

प्रतिकृया दिनुहोस्