Pokharapatra National Daily

क्रिकेट मार्फत पर्यटन विकास

सन्जयकान्त सिग्देल
अध्यक्ष
कास्की जिल्ला क्रिकेट संघ
पछिल्लो समय निकै चर्चामा रहेको खेल हो, क्रिकेट । पर्यटन प्रवद्र्धनको हिसाबले मात्र नभई विश्व खेल जगतमा नेपाललाई चिनाउने खेलको रुपमा क्रिकेटलाई लिने गरिएको छ । पोखरामा क्रिकेटको मैदान निर्माणको क्रमसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि बाटो खुलेको छ । यसै सन्दर्भमा कास्की जिल्ला क्रिकेट संघ तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष सन्जयकान्त सिग्देलसँग पोखरापत्रका दीपेन्द्र पहारीले गर्नुभएको कुराकानीः
 हाल पोखरामा क्रिकेटका गतिविधि कसरी अघि बढिरहेको छन् ?
सम्भवत, कोरोना पछि पहिलो पटक कास्की जिल्लाले क्रिकेटको प्रतियोगिता नै संचालन ग¥यो । छ वटा क्लब सहभागी गराएर हामीले जिल्ला स्तरिय प्रतियोगिता खेलायौ । जसले खेल क्षेत्रलाई चलायमान गराउन मद्दत पुगेको छ । अब हामी समय सन्दर्भ मिलाएर निकट भविष्यमै स्कुलस्तरीय प्रतियोगिताको तयारी गर्दैछौं । यो बीचमा हामीले धेरै समय ग्राउन्ड, पिच लगायत पूर्वाधार निर्माणमै समय खर्चिएका छौं ।
 पूर्वाधारको हिसाबले हामी कहाँ छौं ?
क्रिकेट विकासको लागि पूर्वाधार अपरिहार्य छ किनकी पूर्वाधार विना क्रिकेटको विकास असम्भव छ । पोखरामा क्रिकेटको अन्तर्राष्ट्रियस्तरको स्टेडियम छ । त्यसलाई समय अनुसार स्तन्नती गर्दै लैजानुपर्छ । यस वर्ष २ करोड रुपैयाँ बजेट विनियोजित भएकोले केही आशा गर्न सकिन्छ । तर बजेट कार्यान्वयन पक्षमा जोड दिनुपर्छ किनकी कोरोनाको महामारीले गर्दा गतवर्ष पनि ३ करोड रुपैयाँ बजेट फ्रिज भयो । त्यसैले पनि बजेटको सहि सदुपयोग गर्न संघ लागिपरेको छ । अहिले २५ लाखको बजेट मार्फत फेन्सिङको काम गर्दैछौं ।
 पोखरामा क्रिकेटको क्रेज कस्तो पाउनुभएको छ ?
क्रिकेटमा पोख्रेलीको आकर्षण बढिरहेको छ । गत साग खेल र बेला बेलामा हुने प्रतियोगितामा दर्शकको उपस्थितिले पनि यो कुरा प्रमाणित गरिसकेको छ । सरोकारवाला सबै मिलेर हातेमालो गर्दै जाने हो भने क्रिकेटको क्रेज अझै बढ्नेमा कुनै दुई मत छैन ।
 क्रिकेट विकासमा सरोकारवालाहरुको तर्फबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
क्रिकेट विकासमा सरोकारवालाहरुको भूमिकालाई सकारात्मक रुपमा लिएका छौ । तर अपेक्षा अनुसार स्थानीय सरकारको सहयोग पाउन सकेका छैनौं । प्रदेश सरकार समग्र खेल क्षेत्रको लागि सकारात्मक छ । सबैको प्रयासले पछिल्लो समय प्रतियोगितासँगै भौतिक संरचनामा पनि लगानी बढेको अवस्था छ ।
 क्रिकेटको वर्तमान अवस्थालाई कसरी लिनुभएको छ ?
हामी पोखरालाई क्रिकेटको गन्तव्यको रुपमा विकास गर्दै अघि बढिरहेका छौ । हालको मैदानसंगै अर्को मैदान पनि आवश्यक छ । जसका लागि प्रदेश सरकारले चासो दिएको छ । तर जसरी नेपाललाई क्रिकेटले अन्तर्राष्ट्रिय रुपमा चिनाएको छ, त्यस हिसाबले क्रिकेटको धेरै विकास हुनुपर्ने हो, तर त्यसो हुन सकिरहेको छैन । त्यसतर्फ सबैको ध्यान जान जरुरी देखेको छु । साथै नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघको नेतृत्व र अन्तर्राष्ट्रिय क्रिकेट संघको अनुदानले पनि क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
 क्रिकेट र पर्यटनलाई जोडेर हेर्दा कस्ता सम्भावनाहरु देख्नुहुन्छ ?
पर्यटनको राजधानी पोखरामा क्रिकेटको पनि संगसंगै विकास हुँदैछ । पर्यटन पूर्वाधारमा धेरै लगानी भईरहदा क्रिकेटको प्रर्वदन पनि उत्तिकै आवश्यक छ । गत वर्ष इङ्ल्यान्डको पुरानो एवं प्रतिष्ठीत क्रिकेट क्लब, मेलबोर्न क्रिकेट क्लब (एमसीसी) ले पोखरा टुर गरी हाम्रा ग्राउन्डमा क्रिकेट समेत खेल्यो । उनीहरुबाट राम्रो प्रतिकृया पाएका छौं । यसले क्रिकेट र पर्यटन दुवैको विकास हुने देखेको छु । गतवर्ष नै नेपालको क्रिकेट टोलीसँग मलेसियाको मैत्रिपूर्ण खेल सम्पन्न भयो । उनीहरुले पनि वार्षिक कार्यक्रम बनाएर पोखरा आउन चासो राखेका छन् । साथै ओमानले नेपालसंग हुने खेल पोखरामा खेल्न चासो देखाएको थियो । अझ आइसिसिका डेभलपमेन्ट अफिसरको भ्रमणले राम्रो वातावरण बनेको छ । यी र यस्ता गतिविधीले पोखराको पर्यटनमा क्रिकेट खेल मार्फत सम्भावनाका धेरै ढोकाहरु खुलेका छन् ।
 खेलाडीको खेल स्तर वृद्घिको लागि संघले कस्तो भूमिका खेलिरहेको छ ?
हाल एमसिसिको च्यारिटी मार्फत कास्की एकेडेमी शुरु भएको छ । पोखरा महानगरका विभिन्न ५ स्थानमा प्रयाक्टीस विकेट संचालित छन् । यसमा दैनिक सयौले प्रशिक्षण लिइरहेका छन् । यसबाट उत्पादित खेलाडीहरु एमसिसिले गर्ने नेपाल टुरमा गल्र्स बोय्स टिम बनि खेल्नेछन् ।
 पोखरालाई हाल कस्तो अवसरको खाँचो छ ?
गण्डकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा चलिरहदा अब हुने विदेशी टोली समेत सहभागी हुने नेपाल प्रिमियर लीगमा पोखराले होस्ट गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो । यसबाट क्रिकेट खेलको विकास मात्र नभई कोरोना महामारी पछिको समग्र पर्यटन क्षेत्रलाई समेत राहत हुनेछ ।
 नयाँ खेलाडीलाई प्रोत्साहन गर्न र प्रशिशकलाई लक्षित गरेर संघका योजना कस्ता छन् ?
हामीले पछिल्लो समय कास्की क्रिकेट संघ मार्फत सेन्ट्रल क्रिकेट एकेडेमीको अवधारणालाई अघि बढाएका छौ । जसमा निशुल्क रुपमा खेलाडीलाई प्रशिक्षण प्रदान गरिरहेका छौं । कुनैपनि उमेर समुहका खेलाडीले यो मौकाको सदुपयोग गर्न सक्छन् । मुख्य कुरा त खेलाडीहरुको भविष्य नै हो । त्यसैले प्रशिक्षणलाई व्यवस्थित बनाई एकेडेमी मार्फत कालान्तरमा व्यवसायीक सिनियर खेलाडीलाई क्रिकेट मार्फत आर्थिक उर्पाजनको अवसर पनि प्रदान गर्दै लैजाने योजना छ । त्योसँगै प्रशिक्षक उत्पादनमा समेत एकेडेमी लागि परेको छ किनकी प्रशिक्षक नहुनुले पनि क्रिकेटको विकासमा असर पुगिरहेको छ ।

प्रतिकृया दिनुहोस्