Pokharapatra National Daily

विध म्यानेजमेन्ट पोखरामा पनि आउने तयारी

काठमाण्डौंको कुपण्डोलमा रहेको विध म्यानेजमेन्ट प्रालीले आफ्नो सेवा विस्तारको क्रममा पोखरा सहित वुटवल र चितवनमा समेत सेवा वितार गर्ने भएको छ ।
विगत ५ महिना देखि काठमाण्डौंमा बिषेश गरी पिसिआर परिक्षण गर्दैै आएको विधले देशका मुख्य शहरहरुमा आफ्नो सेवा विस्तारको क्रममा पोखरा, चितवन र वुटवलमा समेत सेवा विस्तार गर्ने भएको अन्तिम चरणमा पुगेको प्रा.लि.का अध्यक्ष बि.के. भण्डारीले बताए । पिसिआर सहितका अन्य ए श्रेणीको ल्यावको सेवा दिने गरी आफुहरुले हाल आन्तरिक तयारीमा जुटेको अध्यक्ष भण्डारीले आइतबार पोखराका पत्रकारसंग कुराकानी गर्दै उक्त कुरा बताएका हुन्। पोखराको न्यूरोडमा विधको ल्याव स्थापनाको हुने भएको छ भने उक्त ल्यावले बजार मुल्य भन्दा केही सहुलियतमा ल्याव परिक्षण गराउने भएको उनले दाबी गरे । उनले भने “ हामीले ल्यावको धेरै सेवा काठमाण्डौं, पोखरा, चितवन र वुटवलबाट अब छिट्टै दिने तयारी गरेका छौं, जसले गर्दा भारत सहितका अन्य देशमा र चर्को मुल्य तिर्नुपर्ने समस्या पनि हल हुन्छ, हामीले सहुलियत दरमा ल्याव परिक्षण गछौं ।” आफुहरुले अस्पतालहरुसंग समेत समन्वय गरी ल्याव परिक्षण छिटो र छरितो ढंगबाट गर्ने गरेको अध्यक्ष भण्डारीले जनाए । उक्त ल्याव संचालन गर्न हाल करिब ३ करोड लगानी भएको प्रा.लि.ले जनाएको छ ।
विध म्यानेजमेन्ट प्रा.लि.का रिलेसनसिप म्यानेजर रवि पोखरेलले हालसम्म पोखराबाट करिब ५ हजार जसो पिसिआर परिक्षण गरिएको बताए । पोखराका विभिन्न अस्पतालमा संकलन भएको नमुना परिक्षण आफुहरुले काठमाण्डौंमा लगेरै हाल परिक्षण गरिएको उनले जनाए । प्रा.लि.ले हाल दुई हजारमा पिसिआर परिक्षण गर्ने गरेको छ भने ल्यावमा पुगेको ४ देखि ६ घण्टामा नतिजा दिन सक्ने गरी हाल आफुहरु लागेको उनले जनाए । हालसम्म काठमाण्डौंमा भने ७० हजार भन्दा बढीको पिसिआर परिक्षण गरिएको रिलेसनसिप म्यानेजर पोखरेलले जनाए । आफुहरुसंग विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त इकुमेन्ट भएको नेपाल सरकारबाट मान्यता लिई हाल पिसिआर परिक्षण गर्दै आएको उनले जनाए । पूर्व बाट समेत पिसिआर परिक्षण गर्दै आएको रिलेसनसिप म्यानेजर पोखरेलले बताए । जनतालाई सर्वसुलभ र गुणस्तरिय सेवा दिने उद्धेश्यले हाल आफुहरुसंग दक्ष र अनुभवी सहितका ४५ जना कर्मचारी रहेको उनले जनाए । प्रालिले नेपाल सरकारले तोकेको पिसिआरको शुल्क भन्दा एक हजार कम शुल्कमा पिसिआर गरी चर्चा समेत कमाएको थियो ।

प्रतिकृया दिनुहोस्