Pokharapatra National Daily

बगर भाइखलक एट–ए–साइड भेट्रान फुटबल शुरु, पोखरा भेट्रान्सको विजयी शुरुवात

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकको आयोजनामा “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” सोमवारबाट शुरु भएको छ ।
“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ पोखराको ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्ने टुँडी खेल मैदानमा भएको उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी शुरुवात गरेको छ । ४० देखि ६५ वर्ष उमेर समुहको उक्त प्रतियोगितको उद्घाटन खेलमा स्थानिय इन्द्रेणी एकिकृत विकास केन्द्रसँगको खेलमा पोखरा भेट्रान्स २–१ गोल अन्तरले विजयी भएको हो ।
खेलको पहिलोे हाफ पोखरा भेट्रान्स शंकर केसीको गोलको मद्धतले १–० ले अग्रता लिएर अगाडी बढेको पोखरा भेट्रान्सले खेलको दोश्रो हाफमा भोजेन्द्र तामाङले टिमका लागि थय एक गोल गर्दै २–० को अग्रता लिएको थियो । यता बलियो मानिएको इन्देणीका लागि योगेन्द्र थकालीले १ गोल फर्काए । उद्घाटन खेलमा पोखरा भेट्रान्सका दिपेन्द्र तामाङ म्यान अफ दि म्याच घोषित भएका थिए । यसै गरी सोमबार सम्पन्न दोस्रो खेलमा आयोजक पोखरा बगर भाई खलक ‘ए’ ले श्रृङ्खला क्लव भलामलाई ४–० गोल अन्तरले पराजित गरेको छ । आयोजकको जितमा खेलमा म्यान अफ दि म्याच समेत रहेका मनोज गुरुङले २ गोल गरे भने गंगा तामाङ र राजकुमार तामाङले समान १–१ गोल गरेका थिए । यस्तै सम्पन्न तेश्रो खेलमा लेकसाईड भेट्रान्स र विष्णु पादुका भेट्रान्स विचको खेलमा विष्णु पादुका हेम्जा १–० गोलले विजयी भएको छ । पहिलो हाफ गोल रहित बरावरीमा सकिएको खेलको दोश्रो हाफमा भने विष्णु पादुकाका लागि राजेन्द्र थापाले १ गोल गर्दै टिमलाई दोश्रो चरणमा पुर्याएका छन । उक्त खेलमा विष्णु पादुकाका गोल रक्षक भरत बहादुर थापा म्यान अफ दि म्याच भए । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले पोखराको टुँडी खेल मैदानको विकासका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले भने “पोखराको ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्ने टुँडी खेल मैदानको संरक्षण र विकासका लागि प्रदेश, स्थानिय र संघिय सरकारको सहयोगमा मैदानलाई प्रदेशको नै फुटबलको प्रशिक्षण केन्द्रको रुपमा अगाडी बढाउन मेरो पूर्ण सहयोग रहनेछ ।” उनले पोखरामा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकूदमा नयाँ उर्जा छाएको बताउँदै अव खेलकूदको विकास तिव्र रुपमा अघि बढ्ने बताए । सो अवसरमा सांसद रेग्मीले पोखराका पूर्व राष्ट्रिय खेलाडी खेम बहादुर गुरुङलाई सम्मान गरेका थिए । २०२७ सालबाट खेल जिवन शुरु गरेका गुरुङलाई खेलकूदमा दिएको योगदानको कदर स्वरुप संस्थाले सम्मान गरेको हो । भूतपूवै खेलाडी मञ्च नेपालका महासचिब समेत रहेका गुरुङ विभिन्न सामाजिक संस्था र खेलकूदमा कृयाशिल रहेका छन । संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङ, संस्थाका महासचिब खेम गुरुङ लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।
उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापाले एन्फाका तर्फ विभिन्न खेल सामाग्री उपलव्ध गराएका छन भने मदन केसीले प्रतियोगिताका लागि १० थान बल संस्थाका अध्यक्ष दिल बहादुर गुरुङलाई हस्तान्तरण गरेका छन ।
फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, विरगंज, बुटवल, वालिङ र पोखराका र.गरी २८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार ९ वटा खेलहरु सञ्चालन हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिएका छन ।
प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद रु. ५५ हजार पांच सय पचपन्न ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद दश हजार प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस्