Pokharapatra National Daily

गण्डकी प्रशिक्षण प्रतिष्ठान भवनको प्रधानमन्त्रीद्धारा शिलन्यास

पोखरामा गण्डकी प्रशिक्षण प्रतिष्ठानको भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका छन् ।
सरकारले कोराना बिरुद्दको खोप ल्याउने, पिसिआर निशुल्क परिक्षण गर्ने सहित कोरोनाका बिरामीको निशुल्क उपचारको व्यबस्था गरेको उनले बताए । आफ्नो नेतृत्वको सरकारले थुप्रै कामहरु गरेको ओलीको वोली थियो ।
स्वच्छ प्रतिष्प्रर्धा गरी एकता भयर हिड्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा एक हुन आवहान गरे । पोखरा र गण्डकी प्रदेश अन्य क्षेत्र भन्दा सौन्दर्य देखि हरेक हिसावले अघि भएको दाबी गरेका ओलीले पोखरा आउदा जो कसैलाई आनन्द आउने हुदा यहाँको सौन्दर्यतामा ख्याल गर्नुपर्नेमा जोड दिए ।
उत्त प्रशिक्षण प्रतिष्ठानको आफ्नै भवन भनेसंगै यहाँ धेरै क्षेत्रको दक्ष जनशत्ति उत्पादनको थलो हुने भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताए । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु सहितको सहभागिता रहेको थियो । गण्डकी प्रदेशको राजधानि पोखरामा गण्डकी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकार र प्रतिष्ठानको लगानीमा आगामी साँढे दुई बर्षमा पक्की चार तले भवन निर्माण हुने भएको प्रतिष्ठानका सिनियर डिभिजन इन्जिनीयर डा. महेन्द्र वानियाले बताए ।
३३ करोेड २१ लाखको लागतमा भूइतला सहित ४ तले भवनमा सभाहल सहित ४६ वटा कोठाहरु हुने भएको उनले जनाए । नगर प्रशिक्षण केन्द्रको उत्त जग्गा प्राप्ती भएसंगै प्रतिष्ठानले ४९ रोपनी क्षेत्रफलमा उक्त भवन सहितको अन्य भौतिक संरचना गर्ने भएको हो । भूइतलामा पार्किङ, पहिलो तलामा २ सय ५० जना क्षमताको सभाहल, क्यान्टिन दोश्रो तलामा कक्षा कोठा रहने भएको छ भने तेश्रो तलामा कार्यालय रहने भएको डा.वानियले जनाए । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले रकम सुनिश्चित भएसंगै डिपिआर समेत गरेर उत्त भवन निर्माणको काम अघि बढेको दाबी गरे ।

प्रतिकृया दिनुहोस्