Pokharapatra National Daily

टाइगर कप भलिवल प्रतियोगिताबाट १९ लाख बचत

प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैया बचत भएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा दुई साता अघि पोखरा रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगिताबाट ५४ लाख ४१ हजार ८ सय ३५ रुपैया आम्दानी भई उत्त रकम बचत भएको ग्रुपले शनिबार पोखरामा आयोजना गरेको आय व्यय सार्वजनिक कार्यक्रममा जानकारी गराएको हो । माघ २७ देखि फागुन १ गतेसम्म संचालन भएको उक्त प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ११ हजार ७ सय १४ रुपैया खर्च भएको ग्रुपका अध्यक्ष नारायण शर्माले बताए । उक्त प्रतियोगितामा कबिर २० हजार दर्शक सहभागि भएको प्रचार संयोजक रामकृष्ण ज्ञवालीले बताए । फाइनल खेलमै करिब ६ हजार दर्शक भित्रिएका थिए भने अन्य लिग तथा सेमिफाइनलमा दर्शक सहभागि भएका हुन् । दर्शकहरुले फाइनल खेलमा प्रबेश शुल्क दुई सय तिरेका थिए भने लिगमा एक सय र सेमिफाइनलमा एक सय ५० रुपैया तिरेका थिए । ग्रुपले टिकटको १० लाख ५५ हजारमा ठेक्कामा दिएको थियो । यद्यपी ठेक्का लिएका व्यक्तिले भने करिब दोब्बर मुनाफा गर्न सफल भएको बताइएको छ । बचत भएको उक्त रकम ग्रुपले खेलाडीहरुको हकहित सहित सामाजिक क्षेत्रमा खर्च गर्ने भएको सचिव प्रकाश बरालले बताए । ग्रुपमा रहेका ३७ जना युवाहरुले व्यक्तिगत रुपमा ५० हजारको जिम्मा लियर उक्त प्रतियोगिता गराउने योजना अनुसार संचालन भए पनि सोचे भन्दा बढी सफलता हासिल भएको संयोजक नविन गुरुङले बताए ।
उक्त कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले ग्रुपले अब खेलाडीहरु उत्पादनमा जोड दिन आग्रह गर्दै थप सहयोग आवश्यक परेमा सहयोग गर्ने जनाए । उत्त प्रतियोसिगता अन्र्तगत गण्डकी प्रदेशले पुरुष तर्फ प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि जितेको थियो भने महिला तर्फ पुलिसले बाजी मारेको थियो ।

प्रतिकृया दिनुहोस्